नेपालगन्ज नगर कार्यपालिकामा आठ सदस्य निर्वाचित, एमाले पत्तासाप

नेपालगन्ज ।

नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाका लागि नयाँ सदस्य निर्वाचित भएका छन् । खुल्ला मतदानबाट निर्वाचित भएका जनप्रतिनीधीहरुले सोमबार मतदानमार्फत महिला, दलित र अल्पसंख्यक समुदायका सदस्यहरु निर्वाचित गरेका हुन् ।

नगरकार्यपालिकाका लागि भएको निर्वाचनमा नेकपा एमाले बाहेकका दलले तालमेल गरेर सदस्यहरुलाई निर्वाचन प्रतिष्पर्धामा उतारेका थिए ।
मतगणना परिणमअनुसार एमाले बाहेकका दलका सदस्यहरु नै निर्वाचित भएका छन् । ८ जनाका लागि भएको निर्वाचनमा ५ महिला र ३ दलित तथा अल्पसंख्यक सदस्य विजयी बनेका छन् ।

महिला सदस्यमा काँगे्रसबाट बसन्ता जोशी, माओवादीबाट सीमा कशौधन वैश्य, राप्रपाबाट इन्दिरा कुमारी शाही, मञ्जु वादी र संघीय समाजवादी फोरमबाट नन्कै पठानी निर्वाचित हुनु भएको छ ।
यस्तै दलित, अल्पसंख्यकमा काँगे्रसबाट देवेन्द्र पाल सिंह, माओवादीबाट देउमल सुनार र संघीय समाजवादी फोरमबाट कौशल कुमार धोवी निर्वाचित हुनु भएको छ ।

विजयी सदस्यलाई एक समारोहवीच मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले शपथ ग्रहण गराउनु भएको छ । एक सय १७ जना मतदाता मध्ये एक सय १६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत पौडेललले जानकारी दिनु भयो । विहान १० वजेदेखि ३ वजे सम्म भएको मतदान लगत्तै मतगणना पनि गरिएको थियो ।

२५ सदस्यीय रहेको नगर कार्यपालिका बोर्ड अब ३३ सदस्यीय बनेको छ । बोर्डमा काँगे्रसका सदस्य सबैभन्दा बढी रहेका छन् । यस्तै बाँकेका अन्य स्थानीय तहमा पनि कार्यपालिकाका लागि निर्वाचन भएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up