जो हुने उही रुने: चिल्ला गाडी चढ्नेहरु नै विपन्नको सिफारिस बोकेर निजी अस्पताल

रिया भण्डारी
काठमाण्डौ । स्वास्थ्योपचारको क्षेत्रमा सहुलितय र सुविधाको घोषणा भयो गरीब, विपन्न र असहाय परिवारका लागि । तर यो सुविधा पनि चिल्ला गाडी चढ्नेहरुको पहुँचमा नै कैद हुन पुग्यो । निजी अस्पतालहरुले पनि १० प्रतिशत विपन्न तथा असहाय विरामीलाई निशुल्क उपचार गर्नु पर्ने बाध्यकारी व्यवस्था गरियो तर यो प्रभावकारी बन्ने संकेत देखिएन । त्यसो त केहि अस्पतालले बिरामी भर्ना लिनु अगाबै सिफारिस माग्ने कारण पनि उपचार नपाएको गुनासो सर्वसाधारणको छ ।

पुस १ गते देखि लागु हुने गरि तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाले निजी अस्पतालले पनि १० प्रतिशत बिरामीलाई निशुल्क उपचार गर्नु पर्ने बाध्यताकारी निर्णय गरे । तर उक्त निर्णयले चर्चा मात्र बटुल्यो, लक्षित वर्गसम्म यस्को पहुँच पुगेन । अझ अधिकांश लक्षित बर्ग निजीमा पनि निशुल्क उपचार पाइन्छ भन्नेमा अनभिज्ञ छन् ।

राजनीतिक कार्यकर्ता र पहुँचवालाहरु नै बिपन्नको सिफारिस लिएर कार चढेरै उपचार गर्न आउने गरेको निजी अस्पतालहरु हाकाहाकी बताउछन् । सर्वसाधारणमा निजी अस्पतालमा पनि निशुल्क उपचार पाइछ भन्ने सूचनाको अभाबले नियम लागू भएको ७ महिना वित्दा पनि निजीमा निशुल्क उपचार लिएको बिरामीको तथ्यांक औलामा भाँच्न सकिन्छ ।

सरकारको निर्णयमा निजी अस्पतालले साथ दिंदै आए पनि लक्षित बर्गले सेवा नपाएर पहुँचवालाहरु नै सिफारिस लिएर आउने गरेको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिहं बताउनुहुन्छ ।

पुस एक गते देखि ७ महिनामा नर्भिक अस्पतालले ११ जना को निशुल्क उपचार गरेको छ । यस्तै ग्रिन सिटी अस्पतालले ३४ जनाको निशुल्क उपचार गरेको छ । अस्पतालको ढोकामै बिपन्नको उपचार विवरण टाँसेर राखेको ग्रिनसिटी अस्पतालका प्रशासन प्रमुख मनिष दवाडीका अनुसार निर्देशिका १० प्रतिशत शैया बराबरको सेवा निशुल्क भनेको तर कुन कुन उपचार, शल्यक्रिया र औषधि लगायतमा हो भन्ने स्पष्ट नभएको बताउनु भयो ।

त्यसो त् काठमाडौका केहि अस्पतालले बिरामी भर्ना गर्नु अगावै सिफारिस माग्ने गरेका छन् । जसको कारण बिपन्नले ऋण खोजेर उपचार गर्नु पर्ने बाध्यता यथावत छ । त्यस्तै सुरुवाती समयमा केहि बिरामीको उपचार गरे पनि बिगत ४ महिना देखि मेडिकेयर अस्पतालले एउटा बिरामीको पनि निशुल्क उपचार गरेको छैन ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up