मालपोतकै मिलेमतोमा जोगलाल लाई मंगललाल बनाएर श्री सम्पति चट

काभ्रे–काभ्रेमा पुराना जग्गाहरुमा किर्ते गरिएका भन्दै उजुरी पर्न थालेका छन् । मालपोत कार्यलयका कर्मचारीको मिलोमतोमा भएका किर्तेका घटनाहरु बाहिर आउन थालेपछि यसको रहस्य खुलेको हो ।

मालपोत कार्यलय काभ्रेमा दर्ता कायम रहेको श्रीखण्डपुर १ का शुकलाल सुवालको जग्गा हत्याउन माफियाहरुले उहि ठेगानको सुकलाल सुवाललाई उभ्याए । नाम मिलेका पात्र मिलेपनि मालपोत कार्यलयको ढड्डामा बुबाको नाम नमिलेपछि मालपोत कार्यलयको ढड्डाबाट सुकलाल सुवालको बुवाको नाम जोगलाललाई मंगललालमा संशोधन गरी जग्गा हत्याईएको घटना बाहिर आएको छ ।

आफ्नो जग्गा अन्यत्र विक्रि भइसकेको थाहा पाएपछि पीडितहरुले संशोधन भएका कागजात सहितको मिशिल मालपोत कार्यलयमा मागेपनि कर्मचारीले मिशिल नभेटिएको भन्दै फर्काएर घटना लुकाइरहेका छन् । यस विषयमा मालपोत कार्यलयका अधिकृत जयन्त कुमार भट्टराईलाई बुझ्दा कहिलेकाँही त्रुटी हुने भन्दै मिशिल धेरै भएकाले भनेका बेला भेटाउन नसकिने बताए ।

आफ्नो जग्गा बाजेको नाम संशोधन गरी अर्कैले बेचिदिएपछि पीडित परिवार भने यतिखेर जिल्ला प्रहरी कार्यलयमा उजुरी हाली न्यायको खोजिमा भौतारिरहेको छ ।

२०६८ साल फागुन ३ गते मालपोत कार्यलयका कर्मचारीले मालपोत कार्यलय काभ्रेमा दर्ता कायम रहेको श्रीखण्डपुर वडा नं. १ को कित्ता नं. १७० को जग्गामा रहेको शुकलाल सुवालको वावु जोगनारयण सुवाललाई संशोधन गरी मंगललाल गराईदिए ।

यही संशोधनको निर्णयले जग्गा मंगललालको छोरा सुकलालले प्राप्त गरे । यही जग्गालाई मालपोत कार्यलयको २०७० साल १० महिना २२ गते मिसिल नं. ४३४ को निर्णयबाट मंगललाल की बुहारी सविता सुवालले प्राप्त गरिन् । फेरि मिति ०७१ साल ८ महिना २४ गते सविता सुवालको नाउँबाट उक्त जग्गा उग्रतारा गाविस वडा नं. ६ बस्ने गणेश बहादुरको नाति, हरिवहादुरको छोरा श्याम सुन्दर थापाको नाउँमा बिक्रि भयो ।

यसरी मालपोत कार्यलय भित्रैबाट आफ्नो बाबुको नाम परिवर्तन गरि आफ्नो जग्गा विक्रि भइसको कुरा सक्कली सुवालले थाहै पाएनन् । आज दुबै सुकलाल सुवालहरुको मृत्यू भइसकेको छ । आफुले भोगचलन गर्दै आइरहेको जग्गामा एकाएक श्यामसुन्दर थापाले जग्गा छोड्न उर्दी गरेपछि सक्कली जग्गा धनी सुकलाल सुवालकी छोरी नानीमैया ख्वन्जुले आफ्नो जग्गा त अर्कैले किर्ते गरि बेचेको पत्तो पाइन् । आफ्नो हजुरबुवाको नाम परिर्वतन गरी आफ्नो बाुबको नाममा रहेको जग्गा बिक्रि भएपछि उनी यतिवेला न्यायका लागि दैडिरहेकी छिन् । मालपोत कार्यलयका काभ्रेका पुराना ढ्ड्डाहरुमा फोटो नटासिएका धेरै जग्गाहरु छन् । तिनै जग्गाहरुमा नाम मिलेको व्यक्ति खडा गर्ने र ति जग्गाधनीको बाबुको नाम संशोधन गरी जग्गा किर्ते गरिने गरिएको खुलासा भएको छ ।

त्यसैगरी संशोधनका नाउँमा जग्गाको क्षेत्रफल हेरफेर गरी मोटो रकम कमाउन मालमोत कार्यलयका कर्मचारीहरु आफै लागेको बुझिएको छ । त्यसो त जिल्ला मालपोत कार्यलय काभ्रे बेलुका बेलुकासम्म पनि खुल्ने गरेको छ । जग्गा किर्ते वा लाभकर छल्नका लागि कर्मचारीहरुको मिलोमतोमा मालपोत कार्यलय मध्यरातमा खुल्दै जग्गा पास हुने गरेको स्थानीयहरु बताउँछन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up