पार्टीभित्र असाध्यै गुटबन्दी बढ्यो, कि आजैबाट विघटन गरौं-प्रचण्ड

काठमाडौं, २ असार । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको चरम गुटबन्दीको कारण चुनाव हार्नु परेको बताएका छन् ।
सोमबार पार्टीको हेडक्वाटर र जिल्ला इन्चार्जहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टीमा चरम गुटबन्दी भएकाले चुनावमा हार खेप्नुपरेको बताएका हुन् । उनले भने, ‘पार्टीभित्र गुटबन्दी असाध्यै बढ्यो । कि आजैबाट विघटन गरौं नभए घोषित रुपमै सबैले चलाऔं । नभए हामीलाई यसैले सिध्याउनेवाला छ ।’
अध्यक्ष दाहालले माओवादी कै कारण मुलुकमा परिवर्तन आएको तर चुनावको नजिता माओवादीको त्यागअनुसार आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
उनले काँग्रेस-एमालेका अनुसार चुनाव लड्दा यस्तो अबस्था आएको जिकिर समेत गरे । प्रचण्डले भने, ‘देशमा परिवर्तन हाम्रै कारणले आए पनि परिणाम हाम्रो पक्षमा आएन । परिवर्तनलाई पनि हामीले संस्थागत गर्न सकेनौं । काँग्रेस, एमालेले जसरी चुनाव लडेका छन् त्यसैगरी लड्दा जित हासिल गर्न सकिएन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चुनाव हार्नुको कारण जनतामा नभई पार्टीभित्र खोज्नुपर्ने जोड दिए । उनले भने, ‘यो हारको कारण जनतामा होइन, पार्टीभित्र खोज्नुपर्छ, जनताले यस्तो माओवादी खोजेको होइन्, जनताले खोजेजस्तो माओवादी हुन सकिएन, हामी जनचाहनाअनुसार अगाडि बढ्न सकनौँ,पराजयको ठूलो कारण यहीँ हो, केन्द्रीय कमिटि पनि हाम्रो ठीक भएन ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up