बाबुरामलाई आफ्नै कार्यकर्ताको प्रश्न ‘आज बुढी गण्डकी बचाउँ भन्ने बाबुरामले हिजो कर्णाली बचाउँ किन भन्नु भएन ?’
मलाई अरु पुराना पार्टीका हनुमानहरुले जस्तो गरेर आफ्नो नेताको मलद्वारलाई पनि हरिद्वार मानेर पुजा गर्नु छैन । आदरणीय संयोजक डा.बाबुराम भट्टराई ज्यु, रास्ट्रघाती बुढी गण्डकी सम्झौताकै हाराहारीको अर्को रास्ट्रघाती कर्णाली सम्झौता पनि भएको छ ।
फरक यत्ती हो बुढिगण्डकी चिनसङ्ग सम्झौता भएको छ भने कर्णाली सम्झौता भारतसङ्ग भएको छ । चिनसङ्ग गरिएको रास्ट्रघाती सम्झौताका बिरुद्व सडक आन्दोलन समेत गर्न भ्याउने तपाईं भारतसङ्ग गरिएको अर्को रास्ट्रघाती कर्णाली सम्झौताबारे किन एक शब्द पनि बोल्नुभएन ?
मलाई राम्ररी थाहा छ, भ्रस्टाचार, अनियमितता, कमिसनतन्त्र, माफियातन्त्र ,राजनैतिक भागबन्डाको संस्कार लगायतका विभिन्न विकृतिका विसंगतिका बिरुद्द आवाज उठाउने नेपालका एक्ला नेता हुन् बाबुराम भट्टराई ! यसमा कुनै शङ्का छैन । तर आज बुढी गण्डकी बचाऔं भन्दै हिँडिरहेका तेही बाबुराम कर्णाली बचाऔं भन्दै हिजो किन सडकमा उत्रिन सकेनन्, ? यसको उत्तर हामी नयाँ शक्तिका युबाहरुले किन खोज्न सकिरहेका छैनौं र तपाईले पनि गम्भीर आशङ्का पैदा हुनेगरी किन बुढिगण्डकिको कुरा मात्रै किन उठाई रहनुभएको छ ?

प्रश्नकर्ता: डम्मर विष्ट
भट्टराईको यो double standard माथि प्रश्न गरौँ । माथिल्लो कर्णाली सम्झौता के राष्ट्रघात होइन ? हो टेण्डर आव्हान गरी प्रतिस्पर्धा गराएरै माथिल्लो कर्णाली कांग्रेस र एमालेको गठबन्दन सरकारले भारतीय infrastructure giant GMR लाई बुझाएको थियो, त्यो एउटा कुरा होला तर सो सम्झौतालाई बिस्तारै केलाउने हो भने माथिल्लो कर्णाली सम्झौता महाकली सम्झौता पछिको अर्को ठुलो राष्ट्रघात हो ।
पहिलो कुरो यो लगानी र उत्पादनको हिसाबले संसारकै सस्तो आयोजना हो अर्थात यो आयोजनाबाट संसारकै सस्तो बिजुली उत्पादन हुन्छ । यस्तो नाफामुलक आयोजना आन्तरिक लगानीमा नबनाई विदेशीलाई सुम्पनु सरासर राष्ट्रघात होईन र ?
लेखक डम्मर विष्ट नयाँशक्ति नेपालका सकृय कार्यकर्ता हुन !