यु-१९ बिश्वकप छनौट प्रतियोगितामा नेपालको बिजयी सुरुवात

आईसीसी एसिया बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ l

निर्धारित ५० ओभरको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको सिंगापुरले २९ ओभरमा सम्पूर्ण विकेट गुमाई मात्र ७३ रन बनाउन सकेको थियो l सन्दिप लामिछानेले ५ , शाहब आलमले ३ तथा किशोर महतोले २ विकेट हात पारेपछि सिंगापुरले कमजोर ब्याटिंग गर्यो l

जवाफमा ७४ रनको लक्ष पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष पुरा गर्यो l खराब ब्याटिंग गरेको नेपालको लागि प्रनित थापाले सर्बाधिक २३ रन बनाएका थिए भने अनिल साहले १९ रन योगदान दिए l रोहित पौडेल र पवन सर्राफले क्रमशः अविजित ११ र ४ रन बनाउदै नेपाललाई जितसम्म पुर्याएका थिए l

नेपालले प्रतियोगिता अन्तर्गत दोश्रो खेल भोलि मलेसियाको समना गर्नेछ l

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up