राजपाको केन्द्रीय समितिको बैठक साउन १५ भित्र बोलाउन माग

आचार्य प्रदीप
बुटवल , २ साउन । राष्ट्रिय जनता पार्टी नेपालको प्रदेश नम्बर ५ स्तरीय बैठकले केन्द्रीय समितिको बैठक साउन १५ गते भित्र बोलाउन माग गरेको छ । आईतबार भैरहवामा सम्पन्न बैठकले सो निर्णय गरेको पार्र्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ६ का सांसद सर्वेन्द्रनाथ शुक्लाले बताए ।
बैठकमा दुई वटा निर्णय गरेका छौ, एउटा साउन १५ गते भित्र बैठक बोलाउने र दोस्रोे केन्द्रिय कार्यसमितिको बैठक बोलाई निर्वाचन आयोगमा प्रस्तुत भएको सबै दस्तावेजहरु माथि छलफल गर्ने र पार्र्टीको विधान तथा सञ्चालन लोकतान्त्रिक पद्धति अनुसार गर्ने भन्ने निर्णय भएको छ, नेता शुक्लाले जानकारी दिए ।
बैठकमा अधिकांशको माग केन्द्रिय समितिको बैठक तत्कालै बोलाई अहिले देखिएका भ्रमहरु चिर्न र सञ्चालन लोकतान्त्रिक तरिकाले गर्र्नु पर्छ भन्ने माग रहयो र सोही अनुसारको निर्णय ग¥यौ, शुक्लाले भने ।
आईतबार भैरहवामा बैठक भइरहदा पार्र्टी फुटेको भनेर आएको समाचार निराधार, कपोकल्पित र कुनै सत्यता नभएको पार्टीका केन्द्रीय सदस्य हजरत अलीले बताए ।
बैठकमा शुक्ला सहित नेताहरु ह«दयेश त्रिपाठी, ओम प्रकाश यादव गुलजारी सहित रुपन्देही नवलपरासी, कपिलवस्तु, बाँके, दाङ लगायतका जिल्लाबाट केन्द्रिय स्तरका नेताहरु आएका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up