गृहमन्त्री ज्यु ! ‘राष्ट्रपतिलाई गालि गर्ने सुनारलाई गोलि ठोकेर मार्नुस’

बडामहारानी विद्यादेवी भण्डारीलाई गाली गर्ने सोनु कुमार सुनारलाई जेल चलान हैन गोली ठोकेर मार्नुस तिनीहरूलाई यो समाजमा जिउने कुनै अधिकार छैन, किनकि एमालेको अतिबाद विरुद्ध बोलेर ठुलै अपराध गरेको छ तिनीले।

म तपाईंको एक बफादार सिपाही अनि एमाले र केपी ओलीको अतिबाद विरुद्ध कलम चलाउने एक युवा पनि ! मलाई पनि गोली हान्नुस, गोली अरु ठाउमा हैन, ताकेर निधारमै हान्नुस किनकि भोली तपाईंले हानेको गोलीले मेरो मृत्यु भएन भने मेरो सहयोद्ध साथीहरू जस्तै शरिरमा गोलीको छर्र बोकेर खाडीमा पसिना बेच्ने रहर म संग छैन !

एमालेको विरुद्ध लेख्ने बोल्ने सोनु कुमार सुनार मात्रै हैन। उ जस्तो धेरै छन। खोजीखोजी गोली हान्ने आदेश दिनुस् ।

हिन्दु धर्म अनुसार पति मर्नेलाई विदुवा भन्छन, विदुवालाई ठेट भाषामा राडी पनि भन्छन। सोनु कुमारलेले सत्य कुरा बोल्दा कारबाही हुने अनि एमालेको एस.बि. बोहराले रेणु दाहाललाई वेश्या भन्दा किन प्रशासन मौन ?

आत्माराम थपलियाले उपराष्टपति नन्दकिशोर पुनलाई राडीको पोई भनेका छन, चितवान कै एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीको छोराले रेणु दाहाललाई वेश्या भनेका थिए, अनेस्वभियुको प्रवक्ता आर.सि. लामिछानेले प्रचण्ड प्रधानमन्त्री हुदै प्रचण्डको टाउको काटेर फुटबल खेल्छु भनेका थिए, हालसालै मात्रै एमाले नेतृ रामकुमारी झांक्रीले एक युवाकलाई खुट्टा भाच्छु भनेर धम्कि दिइन!

सिता दाहाललाई पनि भारत भ्रमण जाँदा प्रचण्डले बुढि सट्यो भनेर अश्लिल आरोप लगाएकै हो !

त्यस्ता प्रमाणहरु हामी संग कयौं छन तर उनिहरुलाई किन कारबाही हुन सकेन ? माओवादी र माओवादी नेतृत्व विरुद्ध बोलेको लेखेको कयौं भ्रमक लेख रचन भिडियोहरु अनलाइनमा छ्यासछ्यास्ती पाइन्छ तर किन समाउन सकेन तिनीहरूलाई?

अन्यायको विरुद्ध लड्न, बोल्न सिकाएको पनि तपाईहरु नै हो ! सत्य बोल्दा कारबाही हुन्छ भने म कारबाही भोग्न तयार छु !

अनिस तामाङको फेसबुक बाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up