यी व्यवहारले बोल्छ युवतीको मनको कुरा

काठमाडौं

युवती धेरै कुराहरु मनमा लुकाउने खालका हुन्छन् । उनीहरुको इशाराले मात्रै मनको कुरा बुझ्नुपर्ने हुन्छ । कम कुरा बताउँछन् त धेरै लुकाउँछन् । उनीहरु व्यवहार वा इशाराले मात्रै मनको कुरा भनिरहेका हुन्छन् । यस्तै :

सुरुमा प्रत्येक कुरा ‘शेयर’ गर्छन्
कुनै युवतीले घर होस् वा अफिसको कुरा सबैभन्दा पहिले तपाईलाई भन्छन्, भने सम्झनुहोस् उनी तपाईप्रति सकारात्मक छिन् । वा उनी तपाईलाई मन पराउँछिन् । तपाईको ध्यान आफूतर्फ तान्न चाहन्छिन् ।

तपाईको स्वास्थ्यको चिन्ता
कुनै युवतीले तपाईको स्वास्थ्यको बारेमा चिन्ता लिन्छिन् भने पनि उनी तपाईलाई आफ्नो बनाउन चाहन्छिन् । कुनै विराम भएमा अस्पताल गए नगएको बारेमा सम्झाई राख्छिन् ।

घरको बारेमा जानकार हुने इच्छा
युवती तपाईको घरको बारेमा सोधिरहन्छन् । तपाईको समस्या सोध्छिन् । घरको सबै परिवारको बारेमा जान्न चाहन्छिन् । समझिनुहोस् उनको मनमा तपाईका लागि ठाउँ खाली छ ।

कुनै युवाले पिछा गरेको कुरा
कुनै युवतीले आफ्नो पछाडि कुनै युवकले पिछा गरिरहेको कुरा बताउँछन् भने त यसबाट उनी तपाईप्रति कति नजिक हुन चाहन्छिन भन्ने कुरा थाहा हुन्छ । उनी तपाई बाहेक अरुलाई आफ्नो पछि परेको देख्न चाहँदिनन् ।

आफ्नो आफन्तसंग भेट गराउनु
युवती आफूलाई मन परेको केटालाई आफ्नो घर परिवारसंग भेटाउन चाहन्छ । कुनै युवतीले तपाईलाई आफ्नो घर परिवारसंग भेटाउन चाहन्छन् भने उनको मनको करा बुझ्न गाह्रो छैन ।

कुरा गर्दा गर्दै नजर जुझाउँछन
अफिस होस् वा कुनैपनि ठाउँमा कुनै युवती एक अर्कासंग कुरा गरिरहेको बेला पनि तपाईसंग नजर जुझाउँछन् वा चोरी चोरी हेर्छन् । यति तपाईसंगै कुरा गरिरहको बेला पनि नजर जुझाएरै कुरा गर्छन् भने पनि तपाई युवतीको लागि आम शुभ चिन्तिक भन्दा पनि खास हो ।

अरु युवतीको साथ देख्न चाहँदैनन्
यदि कुनै युवती तपाईलाई खास स्थान दिन्छन भने उनी तपाई अन्य केटीसंग नजिक भएको देख्न चाहँदैनन् । अन्य युवतीको प्रशंसा गरेको मन पराउँदैनन् । यी र यस्तै कुराहरुबाट युवतीको आफूप्रतिको भावना बुझ्न सकिन्छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up