रुपन्देहीमा ४ अर्ब ४२ करोड भन्दा वढि फ्रिज

आचार्य प्रदीप
बुटवल १ साउन । रुपन्देहीमा आर्थिक वर्ष २०७३ ७४ मा ४ अर्ब ४२ करोड २६ लाख ९४ हजार रुपैया फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले आज राजस्व तथा खर्च सार्वजानिक कार्याक्रममा अर्थिक वर्ष २०७३ ७४ मा रुपन्देहीमा ११९ अर्ब ९२ करोड २१ लाख ९२ हजार ७ सय १७ रुपैयाको अख्तियारी पाएकोमा १५ अर्ब ४९ करोड ९३ लाख ९८ हजार रुपैया मात्र खर्च भएको जनाएको छ ।

कार्यालयका निमित्त कोष नियन्त्रक खिम प्रसाद आर्यलले अख्तियारी पाएको रकम मध्ये चालु तर्फ ११ अर्ब ९२ करोड ४७ लाख ६ हजार ४५ रुपैया र पुजीगत तर्फ ८ अर्ब ९१ करोड २९ लाख ४५ हजार रकम निकासा भएको बताए ।

त्यस मध्ये खर्च भएको चालु तर्फ ८ अर्ब ७९ करोड ५३ लाख ७९ हजार ७ सय ३५ रुपैया मात्र खर्च हुन गई ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार रुपैया फ्रिज भएको बताए ।

कार्यालय तर्फ किसानका लागी उन्नत तथा विउ विजन कार्यालयको ५९ दशमलव ४७ पतिशत, प्रधान मन्त्री आधुनिकिकरण परियोजनाको ९८ दशमलव ८३ प्रतिशत , खानेपानी तथा सरसाफाई डिभिजनको ८२ दशमलव ३८ प्रतिशत रकम खर्च भएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up