एलिसा राईको मखमली चोलीमा ढाकाको तुना बनाईदिए सर्जक अम्गाईले (भिडियोसहित)

पोखरा । ज्यान परदेश तर देशको मायाले यति सतायो कि बहु प्रतिभाका धनि सर्जक ध्रुबप्रसाद अ्म्गाईले मन थाम्नै सकेनन् । त्यहि कारण उनी नेपाली दर्शक श्रोताको मायामा नयाँ कोसेलीको रुपमा मखमली चोलीमा ढाकाको तुना बोलको गीतसहित म्यूज़िक भिडियो लिएर आएका छन ।
नेपाल गोरखाको फुजेलमा जन्मिएका गीतकार तथा नवप्रतिभाका धनि सर्जक ध्रुब प्रसाद अम्गाई बिगत १७ बर्ष देखी देशबाहिर यूके हुँदै हाल मकाऊमा बस्दै आएका छन । उनले सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै भने हामी परदेशमा छौं देशको मायाले हरेक समय सताउँछ । अनि आम दर्शक श्रोतालाई सम्झीयो अनि उनीहरुको अगाडी आउने बहानामा गित बनायो ।
नेपाली गित संगितबारे भन्दै अम्गाईले भन्छिन् मानिसको लागि सबै भन्दा नजिकको साथी संगित हुदो रहेछ । संगितले मानिसलाई यसरी बाध्दोरहेछ कि चाहेर पनि बिर्सन कठीन हुन्छ । उनी थप्छन मैले धेरै गित संगितमा आफ्ना हातहरु अगाडी बढाएको छु यसैमा जिवनको सबैभन्दा राम्रो सन्तुष्टी प्राप्त भएको छ ।
उनै अम्गाइले रामकृष्ण ढकालको स्वरमा बिहानिको घामको झुल्को २०१० मा रेकर्ड गरे, तयसपछि लगातार जसो रामचन्द्र काफ्ले र साजन आलेको आवाजमा वारीमा खोला पारीमा खोला २०१०, फूल दीउ त ओइलाइ जाला २०१७ प्रमोद खरेल, नजुरेको लगन हाम्रो २०१७ अन्जु पन् र मनोज शिवाकोटी दुइजनाको स्वरमा, क़ैले माया यता लायौ कहिले उता २०१७ जुनु रिजाल, मखमाली चोलीमा ढाकाको तुना २०१७ हाल अमगाइले विन्ध्या वासिनी म्यूजिक प्रालिवाट ल्याएका छन् । उनी भन्छन् यी सबै गितहरुलाई सबै दर्शक श्रोताले माया निरन्तर गरिरहेको समेत बताए ।
बहुचर्चित गायक तथा संगीतकार चेतन सापकोटाको स्वर र संगित रहेको यसपालीको गित मखमली चोलीमा ढाकाको तुनालाई अम्गाई आफैले मिठो शब्द रचना गरेका छन भने गितको निर्देशन कपिल लामा र क्यामरामा राजेश घिमिरे खिचेका छन् ।
तेजेन्द्र शाहले निकै मेहेनत गरेर सम्पादन गरेका छन् भने म्युजिक भिडीयो बिध्दबासिनी म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ । परदेशी भुमीमा रहेर पनि गीत संगितलाई नजिकबाट नियाल्दै सर्जक अम्गाईको उक्त म्युजिक भिडियोमा चर्चित मोडेल एलिसा राई र पुस्पल खड्काको अभिनय रहेको छ । पछिल्लो समयका चर्चामा रहेका यी दुबै मोडलको अभिनयलाई पनि दर्शकहरुले निकै मन पराएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up