आफ्ना गोप्य कुरा खोल्दै शाहरुख ‘स्वागरात सुटिङ सेटमा मनायौँ’

शाहरुख खान बलिउडमा आएको २५ बर्ष भईसकेको छ भने त्यति नै समय उनको धर्मपत्नी गौरी उनको जीवनमा आएको भईसकेको छ ।

हालै एक अन्तर्वार्ताको क्रममा शाहरुखले आफ्नो बिवाह र पत्नी गौरीको बारेमा बताएका छन् । शाहरुखका अनुसार उनको र गौरीको बिहेको रात एक फिल्मको सेटमा नै बितेको थियो ।

शाहरुखले भने, ‘जुन दिन मेरो बिहे भएको थियो त्यहि दिन म मुंबई सरेको थिएँ । हामीले बिहेको रात एक फिल्मको सेटमा बिताएका थियौँ । म गौरीसँग यस्तो कुराहरु गर्थेँ जुन म आफैँ बुझ्दैनथेँ तर कहिल्यै पनि उसले मेरो साथ छोडिनन् ।

हामीहरु एकाध बर्ष त एक अर्कालाई सम्झिनमै लाग्यो । मलाई यस्तो कहिल्यै लागेको थिएन कि म यत्रो ठुलो स्टार बन्छु भनेर किनकी मलाई स्टारको मतलब नै थाहा थिएन ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up