नेपाली जनता ओली नेतृत्वमा बहुमतको सरकार बनाउन चाहन्छन् मीन बहादुर पण्डित

२०४६ सालको जनआन्दोलन पछि संयुक्त जनमोर्चा र माले अनि अन्य साना घटकहरु मिलेर बनेको एमाले देशको प्रमुख सक्तिका रुपमा देखा पर्यो । मनमोहन अधिकारीको इमान्दारिता र परिपक्कता अनि मदन भण्डारीको बौद्धिक चिन्तन मिलेर एमालेले नयाँ उचाइ लियो । तर दुर्भाग्यबस २०५१ सालमा मदन भण्डारीको रहश्यमय ढंगले हत्त्या भएपछि नेपाली राजनीतिमा अनेक ब्रिकृति र बिसंगतिहरु भित्रीए । २०७३ सालसम्म आउँदा नेपाली राजिनितीले अनेक घटना र दुर्घटना व्यहोर्न पर्यो ।

यो २६ बर्षको अवधिमा बनेको २४ वटा सरकार मध्य मनमोहन अधिकारि सरकार बाहेक अरु कुनै सरकारले जनभावना अनुसार राम्रो काम गर्न सकेनन् । यसैबीच सताब्दिकै ठुलो भूकम्पले थलिएको अनि नाकाबन्दीले पिल्सिएको बेलामा केपी ओली प्रधानमन्त्रि बन्न पुगे । एकातिर मधेश आन्दोलन चलिरहेको थियो भने अर्को तिर नाकाबन्दी थियो र भूकम्पले भत्किएको संरचना बनाउनुपर्ने ठुलो चुनौती पनि थियो । उता छिमेकी भारत नेपाल कमजोर भएको मौका हेरेर आफ्नो स्वार्थ लाद्ने उचित दाउमा थियो ।

यस्तो बिषम परिस्थितिमा बनेको सरकारबाट ठूलो आश गर्न सकिने अबस्था थिएन । एक त केपी ओलीको पार्टीको बहुमत थिएन, आफ्नै पार्टीमा पनि गुट-उपगुट र फरक बिचार राख्नेहरुको सहयोग र समर्थन लिन त्यति सजिलो पनि थिएन । अनेक बिचार र उदेश्य बोकेका पार्टीहरु मिलेर बनेको सरकारले आफुले सोचेजस्तो गरि काम गर्न सकिने अबस्था थिएन । चुनौतीहरु धेरै थिए, सरकारमा गएर सबैको आँखाको तारो बनिन सक्ने अबस्था थियो । यस्तो अफ्ट्यारो बेलामा बनेको केपी ओली सरकारले अध्यारोबाट उज्यालो तिर, निराशाबाट आशा तिर, असफलताबाट सफलता बाड्न गरेको प्रयासलाई तारिफ गर्नैपर्छ ।

लेखक: मिन बहादुर पण्डित

केपी ओली सरकारले नेपालमा दुरगामी प्रभाब पर्ने अनेक कामहरु गर्दै गयो । जुन नेपाल र नेपालीको हितमा नै थियो भन्दा फरक नपर्ला । तर यसबाट तर्सिएको भारतले केपी ओली सरकार ढाल्न अनेक प्रयाश गर्यो । अन्तत: केपी ओली सरकार विस्तापित गर्न भारत सफल भयो । अनेक प्रयास गरेर सरकार ढालेपछि अहिले भारत भन्दैछ- ‘हामीले सरकर ढालेको होइन, यो त नेपालको आन्तरिक मामिला हो । यसो भन्नु भारतको कुटनीतिक चलाखी मात्र हो । सरकार ढाल्नुमा भारतको कति हात छ यो सबैले बुझेकै कुरा हो । भारतको स्वार्थ के हो ? चीनको स्वार्थ के हो ? र हाम्रो स्वार्थ के हुनु पर्छ ? यो कुरा नबुझ्ने हो भने हाम्रो राजनीतिले देशलाई कुनै बिकाश र निकास दिन सक्दैन ।

भारतको लागि अबको एकमात्र चुनौती भनेको एमाले फुटाउनु नै हो । किनकी यहि अवस्था रहे केपी ओली सरकारले गरेका कामको आधारले एमालेले अबको चुनाबमा दुइतिहाई सिट जित्ने पक्का छ । स्मरण रहोस: मनमोहन सरकारले गरेको कामको आधारले एमालेले गएको स्थानीय चुनाबमा दुई तिहाइ सिट जितेको थियो । त्यो अबस्था नदोहोरिएला भन्न सक्किन्न । सबैको रगतमा पार्टीको हेमोग्लोबिन मिसिएको हुँदैन । जुन पार्टीले राम्रो काम गर्यो त्यहि पार्टीलाइ भोट हाल्ने र समर्थन गर्ने मान्छेहरु पनि धेरै हुन्छन । आफ्नो पार्टीले नराम्रो गरेपनि राम्रो अनि अरु पार्टीले राम्रो गरे पनि नराम्रो भन्ने प्रवृति भएका जनता भएसम्म देशमा अशल र खराब काम बीचको भिन्नता छुट्टिन सक्दैन । जुन पार्टीले गरेपनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु पर्छ । यत्ति चेतना नआएसम्म पार्टीले गर्ने गलत काम रोकिन सक्दैन र पार्टी सच्चिन दबाब पनि पुग्दैन ।

अहिले नेपाली जनताहरुमा पनि बिगतमा भन्दा तुलनात्मक रुपमा राजनीतिक चेतना र राष्ट्रिय भावना वृद्धि भएको छ । आफ्नो ठाउँमा रोजगारी नहुँदा देश-विदेश पुगेका नेपालीहरुले बिकास भनेको के हो भन्ने देखेका छन् र बुझेका पनि छन् । अब कुनैपनि पार्टीले ठुला-ठुला गफमात्र गर्ने तर काम गर्न नसक्ने हो भने राजनीतिबाट विस्तापित हुने दिनहरु आउंदै छ । भाषण मात्र गरेर शासन गर्ने दिन अब गए ।

ओली सरकार किन कसरि र कसले ढाल्यो यो बिषयमा अब धेरै चर्चा गर्न नपर्ला । यदि सिद्धार्थ बुद्धको राज्यमा पनि खराब मान्छेहरु नभईदिएको भए, अशल कुरा यो हो भनेर ज्ञान छर्ने, बुद्ध र बुद्दत्व जन्मिदैन थियो होला । अर्काको भर पर्दा दु:ख कस्ट र अपमान पाईन्छ भनेर छिमेकीले हामीलाई एउटा पाठ त सिकाएको छ । यो पाठ नै देश बिकाश र प्रगतिका लागि मार्गदर्शन बन्न पनि त सक्छ ! देश बिकाश गर्न नेता दुरदर्शी हुनै पर्छ, सपना देख्नैपर्छ । केपी ओलीमा त्यो सपना र दुरदर्शिता स्पस्ट देखिन्थ्यो । यधपी उनको स्पष्ट अडानलाई धेरैले घमण्ड भनेर परिभाषित पनि गरे । अहिले पनि एमालेमै एकथरी नेता केपीलाई हटाएर भबिश्यमा प्रधानमन्त्रि खाने दाउमा छन् । भारतले एमाले फुटाउन प्रयोग गर्नसक्ने पात्र पनि तिनै हुन् । त्यसैले अब एमालेले प्रत्यक कदम होसियारीका साथ चाल्नु पर्दछ, यसैमा देशको भलाइ छ ।

एमालेमा पनि कयौं भ्रष्ट र भारत परस्त नेताहरु छन् तर तुलानात्मक रुपले अरु पार्टी भन्दा एमाले राम्रो छ र त्यशमा पनि केपी ओलीले अहिले लिएको अडान र नीति देशको हितमा छ । त्यसैले नेपाली जनता अब एकचोटी केपीको नेतृत्वमा बहुमतको सरकार बनाउन चाहन्छन् । यसैलाई आधार बनाएर एमालेले आफ्नो आगामी रणनीति तयार गरोस । एमालेको अबको बाटो यहि हुनु पर्दछ ।

कांग्रेसलाइ भारतले मायाँ गर्छ, कांग्रेस भारतको नजिक भएको पार्टी हो भनेर कुनैपनि हालतमा मान्न सकिदैन । यदि त्यसो हो भने कांग्रेसकै पालामा किन नाकाबन्दी भयो त् ? किन कांग्रेसकै पालामा मधेश आन्दोलन गराइयो त् ? यो त भारतले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्न खोजेको मात्र हो, अनि सत्तामा जान कांग्रेसले पनि भारतलाई प्रयोग गरेको मात्र हो । यी दुबैको स्वार्थले नेपाल राष्ट्रको हित गर्दैन । त्यसैले कांग्रेस र भारतको मित्रता भनेको मालिक र नोकरको जस्तो मात्र हो । नोकरले बाध्यताले मात्र मालिकले भनेको मानेको हुन्छ भने, मालिकले मेरो नोकर राम्रो छ जे भने पनि मान्छ भन्ने सम्झन्छ । माओवादिले सरकार ढाल्न सहयोग गर्नुका २ वटा कारण छन् । एउटा द्वन्दकालमा भएका घटनामा कारबाही र जेल परिने डरले परस्थीति बदल्नु , अर्को डुब्न लागेको पार्टी चालाउन भारतबाट आर्थिक र राजनीतिक फाइदा लिनु ।

चिनिया राष्ट्रपतिले नेपाल भ्रमण गर्ने ठुलो इच्छा गरेका थिए । भ्रमण तयारीका लागि चीनिया उच्च अधिकारी काठमाडौँ आइसकेको अबस्थामा सरकार ढाल्नु भनेको भारतीय चलखेल र चाहना हो भनेर कांग्रेस र मावोबादीलाई आरोप लाग्नु स्वभाबिक नै हो । कमसेकम चिनिया राष्ट्रपतिको भ्रमणपछि सरकार ढालेको भए कांग्रेस र माओबादी यो आरोपबाट जोगिने थिए । चिनिया राष्ट्रपति आउँदा केरुङ्ग काठमाण्डौ, पोखरा लुम्बिनी रेलको सिलान्न्याश हुने लगभग पक्का थियो भने अन्य धेरै दुरगामी सम्झौताहरु हुने वाला थियो र खरबौ चिनिया लगानी पनि भित्रिने थियो । यसबाट डराएको भारतले सरकार ढाल्न धेरै मिहिनेत र लगानी गर्यो । अन्तत सफल पनि भयो । नेपाल राष्ट्रको प्रगति र बिकाशका लागि यो ठुलो प्रहार थियो । कयौं भारतीय मिडियाले नेपाल चीन रेल लिंकको तिब्र बिरोध गरेका थिए । यदि भारत सरकारको धारणा पनि त्यस्तै खालको थिएन भने उसले आफ्ना मिडियालाई सम्झाउन सक्थ्यो र कारबाही गर्न सक्थ्यो । तर उसको पनि आफ्नो मिडियाको जस्तै धारणा रहेछ र यसमा नेपाली मिडियाले भारतीय मिडियाको खण्डन र प्रतिबाद गर्न नसक्नु दुर्भाग्य र कमजोर पत्रकारिता हो । नेपालमा रेल आउँदा कुन कारणले भारतलाई असर पर्छ ? यो त उसको नेपालमा बिकास हुन् नदिएर कम्जोर बनाएर आफ्नो सामान नेपाली बजारमा बेचिरहने रणनीति मात्र हो । चीन र भारतको दुवै तिर आफ्नै सिमा जोडीएका छन् । भारत आक्रमण गर्न चीनलाई नेपाल घुस्न जरुरी छैन । मिसाइल र रकेटको जमानामाको आउला रेलमा बन्दुक बोकेर ? त्यसैले नेपाल सरकारले भारतलाई कुरा बुझाउन सक्नुपर्छ कि चिनिया रेल नेपाल आउँदा भारतलाइ कुनै अफ्ट्यारो पर्दैन भनेर । यो रेल बन्दा भारतले बिरोध गर्ने कुनै अधिकार छैन । यो हाम्रो आन्तरिक बिकाश हो । नत्र चीनले पनि भन्न सक्छ, भारतीय रेल काठमान्डौ आउँदा चीनलाइ अफ्ठेरो पर्छ भनेर । किनकि भारतले पनि काठमान्डौसम्म रेल लिंक बनाउन बजेट नै छुट्टाई सकेको छ । ओली सरकारले पुर्ब पश्चिम रेल, काठमाडौँमा मेट्रो रेल अनि चिनिया रेल लुम्बिनीसम्म पुर्याउने खर्बौको योजना त बनायो तर यत्रो योजना हेर्ने एउटा रेल मन्त्रालय र रेलमन्त्रि समेत बनाउन सकेन । रेल बिभागले कुनै पनि हालतमा यत्रा योजनाहरु हेन्डल गर्न सक्दैन । गर्छु भनेर मात्र हुदैन, काम गर्ने संयन्त्र पनि बनाउन सक्नुपर्दछ ।

सरकार काम गर्न नसकेर ढालेको भनेर कदापि मान्न सक्किन्न । किनकि विषम परिस्थितिमा बनेको सरकारलाई छ महिना नपुग्दै ढाल्न कोशिस गर्न थालियो । कुनै काम गर्ने मौका र समय दिइएन । जबकि नेपाली कांग्रेसको सरकार हुँदा मोदी नेपाल भ्रमणमा आएको बेला सिन्धुपाल्चोकको जिरेमा ठुलो पहिरो गएर भोटेकोशी नदि थुनियो । एउटा गाउँ नै बगायो । सुशील कोइराला सरकारले हत्त न पत्त मद्धतका लागि भारत र चीन गुहार्यो । धन्न नेपाली सेनाले ब्लास्टिंग गरेर नदि खोलेर लाज बचायो । जाबो एक ठाउमा पहिरो जाँदा उद्धार गर्न भारत र चीन गुहार्ने पार्टीले अहिले ओलीको आलोचना गर्न मिल्छ ? सुशील कोइराला सरकारले एक बर्ष पुगेको अवशरमा सरकारको उपलब्धि सार्बजनिक गर्यो । त्यसमा भनिएको थियो, नयाँ नगरपालिका घोषणा गरेको , मदेशी मोर्चालाई बार्तामा बोलाइएको, बजेट निकाशा गरिएको इत्यादि । यस्तो पनि उपलब्धि हुन्छ ? यो भन्दा त केपी ओलीले के-के गरे गरे ।

एमाले माथि पनि केहि गम्भीर आरोपहरु छन् । महाकाली सन्धिमा यदि एमालेबाट गल्ति, कमजोरी र त्रुटि भएका छन् भने त्यशलाइ सच्याउनु पर्छ, आत्म-आलोचना र समिक्षा गर्नुपर्छ । गल्ति र कमजोरी लुकाउन र ढाकछोप गर्न खोज्दा पार्टीलाई झनै घाटा हुन्छ । एमाले किन मदन भण्डारीको हत्त्याको छानबिन गर्न चाहन्न ? के कारणले छानबिन गर्न सकिएन ? त्यसको जवाफ जनतालाई दिनुपर्छ । अनिमात्र एमाले जिम्मेबार पार्टी कहलिन्छ । धेरैको आरोप छ, मदन भण्डारीको हत्यामा पार्टीका केहि नेता पनि प्रयोग भएका हुन सक्छन, त्यसैले एमाले यस बिषयमा बोल्न चाहदैन। यो आरोपको खण्डन नगरी एमालेको उचाइ बढ्नेवाला छैन । सरकार ढाल्न अबिस्वाशको प्रस्ताब राख्दा प्रचण्डले लगाएका आरोपहरु बकबाश र आधारहीन देखिन्थ्यो तर प्रम ओलीले दिएका जवाफ गहकिलो र जिम्मेबार थियो । झन् शेर बहादुरले लगाएको आरोप त न बुझ्न सकिने, न स्पष्ट, न कुनै तर्क संग मेल खाने खालका थिए । नेपालको बिकाश नहुनुको एकमात्र कारण गलत राजनीति र पार्टीको गलत नीति नै हो ।

केपी ओलीले लिएको नीतिले के कुरा प्रमाणित गरिदिएको छ भने यदी देश र जनताको पक्षमा काम गर्ने हो भने भारतको सहयोगबिना पनि यो देशमा राजनीति गर्न सकिन्छ, बिकाश निर्माण अगाडी बढाउन सकिन्छ र जनताको मायाँ पाउन सकिन्छ, विपक्षको समेत साथ् र समर्थन पाउन सकिन्छ, भलै आफ्नै पार्टीका केहि नेताहरुको आफु प्रम बन्ने पदमोहले ओलीको आलोचना गरुन । त्यसैले जसरि भाजपाले मोदीलाई प्रमको उमेरद्वार बनाएर चुनाब जित्यो, त्यसैगरि अब एमालेले ओलीलाई अबको प्रम उमेरद्वार बनाएर चुनाब लड्नु पर्छ । यो नै एमालेको सफलताको बाटो हुन् सक्छ। किनकि गर्छु भन्ने पार्टीलाई नेपाली जनताले बहुमत दिएकै छन् । ओलीको समर्थनमा जनताले सडकमा नारा जुलुस गरेको, ओलीको जयजयकार गरेको बिर्सनु हुँदैन । एमालेले समर्थनलाई सक्तिमा बदल्न सक्नु पर्छ । अब संबिधान संसोधन गरेर ५ बर्षको अबधिमा आधा अबधि कटेपछि १ चोटी मात्र अबिश्वाशको प्रस्ताब ल्याउन पाईने नियम बनाउनु पर्छ । यसो भएमा एउटा सरकारले कमसेकम साढे दुई बर्ष मज्जाले काम गर्न पाउँछ र सरकार अस्थिर हुने समस्या टर्छ । यत्ति गरेमा प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रि र प्रत्यक्ष निर्बाचित राष्ट्रपति चाहिन्छ भनेर बिबाद गर्न पनि पर्दैन । दोहोरो चुनाब खर्च पनि हुँदैन । बरु सकिन्छ भने खर्च बचाउन संसद चुनाब र स्थानीय चुनाब २ वटा मतपत्र प्रयोग गरेर एकै चोटी गर्दा पनि हुन्छ ।

हामी जनतालाई संधै गलत पार्टी र गलत नेतालाई जिताएको आरोप लाग्छ तर राजनीतिमा अशल मान्छे नै नभएपछि कसलाई भोट दिने त ? त्यसैले इमान्दार र सक्षम भएर जनताले छान्ने खालको नेता बनेर आउनु पर्यो । देश बिकाश गर्न बलियो र स्थिर सरकार हुनैपर्छ । आन्तरिक समस्या समाधान गर्न भारत धाउने परम्परा हट्नुपर्छ । नेपाल-भारत सिमामा काडेतार लगाएर सिमा ब्यबस्थित गर्नुपर्छ । नेपालमा अब भारतपरस्त पार्टीहरुको भबिश्य छैन । आगामी चुनाबमा तिनीहरु नराम्रोसंग पछारिने छन् । हाम्रो नेपाल बनाउन प्राकृतिक श्रोत र साधान पनि हामीसंगै छन् । मिहीनेत गर्ने हातहरु पनि हामीसंगै छन् । दर्शन, सिदान्त र बिचार पनि हामीसंगै छन् । माओ, माक्स र लेनिनको विचार बोकीरहनु पर्दैन । बरु बुद्दले दिएको सान्ति र इमान्दारिता बाटो अनि मदन भण्डारीको जबजको अनुसरण गर्ने हो भने देश बनाउन अरु कुनै दर्सन चाहिन्न ।

माओ, माक्स र लेनिनको विचार बोकेर उनीहरुको नाम झुन्ड्याएर पार्टी खोल्न चाँही हुने अनि नेपाली माटो सुहाउदो मदन भण्डारीको जबज लागु गर्न चाँही किन नहुने ? यत्ति कुरा बिचार गर्ने हो भने देशले बिकाश र प्रगतिको बाटो लिने कुरामा कुनै संखा गर्नु पर्दैन । चाडैनै नेपाल स्विज़रल्याण्ड जस्तो धनि र इजरायल जस्तो शक्तिशाली हुनेछ । एक रुपया नेपाली बराबर एक रुपिया साठी पैशा भारु हुनेछ (अहिलेको ठिक्क उल्टो ) अहिले जति नेपाली विदेश काम गर्न गएका छन्, त्यति नेपाली त पर्यटक बनेर विदेश घुम्न जाने हैसियतका हुनेछन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up