गाउँपालिकाको बोर्ड धमाधम थुतेर फाल्दै विप्लव समूह

जेठ ६,काठमाडौं  ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तप्लेजुङका गाउँपालिकाको बोर्ड धमाधम फाल्न थालेको छ । गए राति मात्र फक्ताङलुङ गाउँपालिका र आठराइए त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोड तोडफोड भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

राति करिब २ बजेतिर आएका व्यक्तिले बोर्ड निकाली काटेर खोल्सामा फोलेको सो गाउँपालिका का प्रमुख रामसुन्दर थापाले बताए । उक्त क्षेत्रमा नेकपाको प्रभाव भएको र उनीहरुले सो क्षेत्रलाई निर्वाचन निषेधित क्षेत्र घोषणा गरेकोले घटनामा उनीहरुकै संलग्नता भएको ताप्लेजुङका डीएसपी रामबहादुर केसीले बताए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up