किन लखेटीएकी छिन रेणु दाहाल ?

रेणु दाहालले चाहेको भए सिधैँ सरकारी नियुक्ती खान सक्थिन्, श्रीमानलाई राजदुत बनाएर वा बनेर विदेशमा ऐश आरामको जीवन जीउन सक्थिन् ।

मतलब उनले चाहेको भए जहाँ पनि फिट हुन सक्थिन्, तर उनले त्यो चाहिनन् । सधैँ जनताबाटै परिक्षण हुन खोजीरहिन् चाहे माओवादीको जनाधार कमजोर भएको काठमाडौं क्षेत्र १ जहाँ हार्छु भन्ने थाहा पाउँदा पाउँदै प्रत्यक्ष सभाषद लडेर होस् या चितवनमा महानगरको मेयरमा भिडेर ।

उनको जिवनशैली नजिकबाट नियाल्ने हो भने प्रचण्ड उनका बाबु हुन् भन्ने लाग्दैन मतलब त्यति सामान्य छ । आफ्नै बाबु २/२ पटक प्रधानमन्त्री भइसके तर उनी प्रचण्डको कुनै टिममा बसेर काम गरिनन् ।

अरु प्रधानमन्त्रीका छोराछोरी/भाईभतिजा र श्रीमतिले जस्तै पावर प्रयोग गरेको भए उनको पछि दौड्ने धेरै हुनेथिए पक्कैपनि, तर उनले त्यसो गरिनन् । यति हुदाँ हुदैँ पनि उनलाई खेदनुको कारण चाँही के हो ? के उनीसंग प्रचण्डको छोरी हुनु बाहेकको अरु कुनै परिचय छैन ? उपराष्ट्रपति पुत्र  दिपेश पुनको फेसबुक बाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up