भरतपुरमा एमाले तिब्र गतिमा बढ्दै, रेणुले लिएको अग्रता भन्दा देबी अगाडि

भरतपुर ५ जेठ – सर्वाधिक चासोको रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकाको चुनाबी प्रतिस्पर्धा निकै रोमाञ्चक बन्दै गएको छ । नेकपा एमालेका देबी ज्ञवाली र कांग्रेस माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहालबीचको प्रतिपर्धा झनझन रोचक बन्दै गएको छ ।
अहिले नेकपा एमालेका उम्मेदवार ज्ञवालीले फेरी आफ्नो अग्रता ह्वात्तै बढाएका छन् । दिउँसो देखि वडा नं ८ र नौ को गणना गर्दा प्रचण्ड पुत्री केही मतले अगाडि देखिएकोमा साँझ ६ बजेपछि अन्तिमपटक सार्वजनिक भएको मत परिणाममा रेणुले लिएको अग्रता भन्दा दोब्बर बढी मतले फेरी ज्ञवाली अगाडी लागेका हुन् । कांग्रेस माओवादी केन्द्रको संयुक्त उम्मेदवारलाई एमाले उम्मेदवारले कांग्रेस माओवादीका नेताहरुको मात्र होइन ती पार्टीमा आश्था राख्नेहरुको समेत नराम्रोसँग निद हराम गरिदिएका छन् ।
पछिल्लो समय कांग्रेस माओवादी निकट मिडियाले रेणु अगाडि रहेको बिबरण देखाइरहेपनि ज्ञवाली नै अगाडि रहेको भरतपुर महानगरपालिकाका निर्वाचिन अधिकृत बबीप्रसाद न्यौपानेले पुष्टी गरे ।
यस्तो छ ताजा मत परिणाम
मेयर
नेकपा एमाले – देबी ज्ञवाली १५ हजार १ सय ५५
नेकपा माओवादी केन्द्र र कांग्रेस रेणु दाहाल – १४ हजार ८ सय ०९

बिगुलन्युज

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up