भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता एक घण्टा पनि टिकेन ।

नौ नम्बर वडाको मतगणना सकिँदा देवी ज्ञवाली ३४६ मतसहित पुनः अग्रता लिन सफल भएका छन् ।

लगातार अग्रता लिइरहेका ज्ञवालीलाई करिब एक घण्टाअघि भने रेणुले १४७ मतले पछाडि पारेका थिए । ताजा अवस्थामा देवीको १५ हजार एक सय ५५ मत आएको छ । रेणुले भने भने १४ हजार आठ सय नौ मत प्राप्त गरेकी छिन् । राप्रपाका उम्मेदवारले एक हजार एक सय ५० मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेस बलियो अवस्थामा देखिएको छ । कांग्रेस उम्मेदवारले १७ हजार ५१ मत ल्याउँदा एमाले उम्मेदवारले १३ हजार एक सय ३४ मत प्राप्त गरेकी छिन् । राप्रपा उम्मेदवारको एक हजार दुई सय ८१ मत छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up