तराई मधेसका जनताले भोट दिनु अगाडी एकपटक पर्शुराम कुँवरको यो मर्मस्पर्शी लेख पढ्नैपर्ने

आजको मतदान, स्मरणीय मतदान

ज़िन्दगी भरि धेरै चोटी मतदान गरेको छु र आज पनि मतदान गरी नागरिकको दायित्व पुरा गरें । तर आजको मतदान विशेष रह्यो। आज मतदान गर्नु अघि, पछि र गरिरहँदा म धेरै भावुक भएँ । भावुक नै भएर यी हरफहरु लेखिरहेको छु ।

आज मतदान गर्दा हामीले मन्दिरमा जसरी आदरपूर्वक र निष्ठापूर्वक फूल चढाउँदा जस्तो महशुस हुन्छ, त्यस्तै महशुस भयो । ज़िन्दगीमा पहिलो चोटी आफ्नो मत सदुपयोग भएको जस्तो महशुस भयो र गौरवान्वित पनि भएँ ।

भावुक हुनाको मुख्य कारण हो, विधार्थीकाल देखि नै म जुन दललाई भोट हाँल्थे, त्यसलाई सम्पूर्ण रुपमा भोट हालिन र ज़िन्दगीमा पहिलो चोटी क्रस भोटिगं गरें । मलाई यस्तो फरक तर पवित्र मतदानमा मेरा परिवारका अरु ४ जनाले साथ दिए । यस हिसावले गुण र दोषको आधारमा निर्णय गर्ने आधुनिक युवक भएँ ।

विगत ४, ५ दिन देखि र आज मतदान गर्न लाईनवध्द हुंदा स्थापित दलहरु र तिनका नेताहरुले गरेका विभिन्न निम्न वमोजिमका बेथितिका कामहरु संझेः

पैसा खाएर सांसदको पद वेचेको संझे ।

राम्रोू लाई भन्दा आफ्नो गुटकों ूहाम्रोू लाई राजदूत, संवैधानिक अंगका पधाधिकारी, विभिन्न संघ संस्थाका प्रमुखहरु, सल्लाहकारहरु आदि राजनितिक भागवण्डामा नियुक्त गरेको संझे ।

आफ्नो सत्ता बचाउँन, जम्बो मन्त्रिपरिषद बनाएको संझे ।

आफूहरुलाई कारबाहीवाट बचाउँन रातारात अख्तियारका प्रमुख र प्रधान न्यायाधीश विरूद्ध महाअभियोगको प्रश्ताव ल्याएको संझे ।

विधिको शासन अनुशरण गर्नुको साटो आफ्नो कुरो मनाउन तोड़फोड़, नेपाल वन्द, चक्काजाम, संसद अवरूद्ध आदि अनुचित कृयाकलाप बारम्बार गरेको संझे ।

तलव सुविधा थपि थपि खाने अनि संसदको बैठकमा अनुपस्थित भर्इ संसद वैठक नै स्थगित बारम्बार हुँदा पनि दलहरुले र त्यसका शीर्ष नेताहरुले केही पनि प्रभावकारी काम नगरेको संझे ।

आफु सत्तामा हुँदा एउटा कुरा र विपक्षमा हुदा अर्कै कुरा गरी देशको समस्या समाधान गर्नुको साटो देशलाई अस्थिर बनाएको संझे ।

स्थानीय निकायलाई यो र त्यो बहानामा विगत दुई दशकसम्म रिक्त राखेर देशलाई पछाडि तिर धकलेको संझे ।

देशको ढुकुटीमा प्रशस्त पैसा जम्मा हुँदा र हाम्रा विकास साझेदारहरुले थुप्रै अनुदान र ऋण दिने प्रतिवध्दता गर्दागर्दै पनि झिनो पूँजीगत खर्च गरेको संझे ।

आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्न आफ्ना मन परेका कर्मचारीहरुलाई आफ्नो मन्त्रालय, विभाग र कमाउ कार्यालयमा सरुवा गर्ने र आफ्ना मन नपरेका कर्मचारीहरुलाई ूअतिरिक्त समूहूमा सरुवा गरी व्यूरोक्रेसीलाई बारम्बार अस्थिर वनाएको संझे ।

कर्मचारीतन्त्रलाई सर्वत्र राजनितीकरण गरेको संझे ।

कर्तव्यपूर्ण भएर काम गर्ने कर्मचारीहरुको भन्दा नेताको चाकडी गर्ने भ्रष्ट कर्मचारीहरुको उन्नति, प्रगति भएको संझे ।

कुरा ठूलो ठुलो गर्ने अनि थुप्रै सपना देखाएको देखार्इ गर्ने तर विकासको नाममा सिन्को नभाचेको संझे ।

हामी त भगवान नै हो, हामीले जे गरे पनि हुन्छ, जनतासंग कुनै विकल्प नै छैन, हामीले जसलाई उठाए पनि भोट हालिहाल्छन् भन्ने खालको रवैया नेताहरु र दलहरुले बारम्बार देखाईरहेको संझे ।

दिनभरी चर्का चर्का राष्ट्रवादी कुरा गर्ने अनि राति राति विदेशीको चाकडी गरेर आफ्ना छोरा छोरीलाई छात्रवृत्तिमा विदेशमा पढाएको, विदेशीको हण्डी खाएको र भ्रष्टाचार गरेर विलाशीको जीवन विताएको संझे ।

यी संझनाहरुले मलाई फरक परिणाम पाउन अब केही फरक गर्नै पर्छ भन्ने महान अल्वर्ट आईन्सटाईनको भनाइ संझायो र कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न सजिलो भयो ।

मतदान गर्नु मेरो हातमा थियो । परिणाम मेरो हातमा छैन । तर मलाई विश्वास छ, मैले मतदान गरेका प्रमुख पदका उमेदवारले जिते पनि हारे पनि यो काठमाण्डूलाई सपनाको शहर वनाउन लागि पर्नेछन् । उनी र उनको दलले कुनै पनि वेथिति र अनैतिक कृयाकलाप गर्ने छैनन् । आशा छ उहाँ र उहाँसम्वध्द दलका मुख्य व्यक्तिहरुले म जस्तै थुप्रैको विश्वास टुट्न दिनेछैनन ।
आशा गरौं ।।। हो, आशा गरौं ।।।

यो सामाग्रीलाई नेपालको फेसबुक वालबाट लिईएको हो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up