प्रमुखमा अहिलेसम्मको नतिजा : कांग्रेस-एमाले १७ बराबरी, माओवादी-१२, स्वतन्त्र-२

पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख पदमा कांग्रेस र एमालेको बराबरी देखिएको छ ।

नेपाली कांग्रेसले प्रमुख पद जितेका ठाउँ

१) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना
२) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
३) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
४) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
५) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
६) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
७) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
८) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
९) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
१०) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
११) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
१२) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
१३) दैलेखको ढुंगेश्वर गाउँपालिका – नगेन्द्रबहादुर मल्ल
१४) सल्यानको त्रिवेणी गाउँपालिका – मानबहादुर डाँगी
१५) पर्वतको पैंयू गाउँपालिका – खगेन्द्र तिवारी
१६) नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका – डम्बर जिसी
१७) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल

नेकपा एमालेले प्रमुख पद जितेका ठाउँ

१) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)
२) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी
३) डोल्पाको ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
४) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
५) डोल्पाको काइके गाउँपालिका – अंगद राना
६) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
७) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
८) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
९) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल
१०) सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
११) रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ
१२) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर
१३) स्याङ्जा फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी
१४) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही
१५) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का
१६) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल
१७) तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा

माओवादी केन्द्रले प्रमुख पद जितेका ठाउँ

१) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
२) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
३) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
४) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
५) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
६) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
७) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
८) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
९) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
१०) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
११) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
१२) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा

स्वतन्त्र दुई

१) मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्र उम्मेद्वार राजु बिष्ट विजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो ।
२) डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार तेम्बा गुरुङ विजयी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up