‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले गर्‍यो हस्ताक्षर, अब देशको मुहार फेरिने पक्का ! (भिडियो)

बैशाख २९ , काठमाडौं । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रबार विहान परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका हुन ।

परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताए । परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, रोड र रेल वे कनेन्टीभिटी हाम्रा लागि महत्वपूर्ण छ ।
धेरै ठूलो बैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उनले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ पाउने विश्वास व्यक्त गरे ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । त्यसअनुसार प्रचण्ड सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए । र, चीनले यसमा नेपालको समर्थनलाई निकै महत्वका साथ लिएको थियो । यसमा दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर गरेको छैन ।
‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up