विमानस्थलका २९ जना कर्मचारीहरु कारबाहीमा, सुन भित्रिएको छानबिन गर्न समिति गठन

काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बरामद भएपछि विमानस्थलका कार्मचारीलाई जिम्मेवार मुक्त गराएर छानबिन थालिएको छ ।

बिहीबार दुबइबाट आएका व्यक्तिबाट ३५ किलो सुन बरामद भएपछि विमानस्थलका २९ जना कर्मचारीहरुलाई जिम्मेवारीबाट मुक्त गर्दै भन्सार विभागले सुन भित्रिएकाबारे छानबिन गरेको हो । सुन भित्रिँदाको सिफ्टमा काम गरिरहेका कार्यालय सहयोगीदेखि उपसचिवसम्म कर्मचारीहरु पदमुक्त भएका छन् ।

भन्सार विभागले सुनलाई कसरी, कसको मिलेमतोमा छाडियो भन्ने विषयमा छानविन भन्सारका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त समितिलाई १० दिनको समयसीमा दिइएको छ ।

एयर अरेबियाको जहाजबाट ल्याइएको ३५ किलो सुनसहित नेपालगञ्जका गोपाल शाही, दिलबहादुर थापा र सन्तोष काफ्ले बिहीबार पक्राउ परेका थिए । mediatv bata savar

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up