सामूहिक बलात्कारको घटनालाई लिएर सोनमलाई कोएनाको गम्भीर प्रश्न

जम्मुकस्मिरको कठुआमा ८ वर्षकी बालिकामाथि भएको सामूहिक बलात्कारको घटनालाई लिएर बलिउड सेलिब्रिटीहरुबीच यसको निन्दा तथा भत्र्सना गर्ने प्रतिस्पर्धा चलिरहेको छ ।

यही प्रतिस्पर्धामा मिसिदै नायिका सोनम कपुरले ट्विटरमा पोस्ट गरिन् । उनले लेखेकी थिइन्, ‘म हिन्दूस्तानी हुँ र लज्जित छु । हामीले आफ्ना बच्चाका लागि इन्साफ माग्नुपर्छ । ८ वर्षकी बालिकामाथि देवीस्थानमा सामुहिक बलात्कार गरियो ।

’अभिनेत्री सोनम कपुरको यो अभिब्यक्ती प्रति फिल्म अभिनेत्री कोएना मित्रा दुःखी मात्र छैनन् उनी आक्रोशित पनि छिन् । तर, उनले यस विषयमा भइरहेको विरोधलाई लिएर अभिनेत्री सोनम कपुरसँग गम्भीर प्रश्न सोधेकी छिन् ।

कोएनाले सामाजिक सञ्जालमा फिल्म अभिनेत्री सोनमसँग प्रश्न सोध्दै भनेकी छिन्, ‘यसप्रति तपाईंको कुनै प्रतिक्रिया छ, सोनम कपुर रु तपाईंले एक जघन्य अपराधको निन्दा गर्नुभयो, जसको म सराहना गर्छु । तर, तपाईंले ‘नक्कली हिन्दू’ लेखेर यसलाई साम्प्रदायिक रूप दिनुभयो ।’

सोनमको ट्विटलाई जवाफ दिँदै कोयनाले बालिकाहरुमाथि भएको बलत्कारको केही आँकडा सामाजिक सञ्जालमा सेयर गरेकी छिन् र त्यसमा सोनमलाई ट्याग गर्दै सोधेकी छिन्, ‘कुनै प्रतिक्रिया रु तपाईंले एउटा घृणित अपराधको विरुद्धमा आवाज उठाउनुभयो जुन राम्रो कुरा हो । तर, यसलाई तपाईंले साम्प्रदायिक ट्वीस्ट दिनुभयो ।

उनले सुझाब दिँदै भनेकी छिन्, ‘तपाईंले यस्ता घटनाहरूको निन्दा सबै अपराधमा गर्नुपर्छ । तपाईं यो यौन दुराचारको घटनामा पूरै धर्मलाई कसरी दोष दिन सक्नुहुन्छ रु यी सबै पीडित हाम्रै हुन् ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up