पुटिनको अमेरिकालाई चेतावनी : सिरियामा फेरि आक्रमण भए जे पनि हुन सक्छ

वैशाख ३ – सिरिया मामिलामा रुस र अमेरिकाबीच चलिरहेको वाकयुद्ध रोकिने छाँटकाट देखिनेवाला छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अमेरिकालाई चेतावनी दिँदै फेरि सिरियामा कुनै सैन्य आक्रमण भए त्यसको प्रतिक्रिया जे पनि हुन सक्ने बताएका छन् ।

डुमामा गराइएको रासायनिक आक्रमणपछि शनिबार अमेरिकी नेतृत्वमा सिरियाका तीन ठाउँमा बमबारी भएको थियो ।

रुसले यो आक्रमणको विरोधमा आधिकारिक बयान जारी गरिसकेको थियो । अब राष्ट्रपति पुटिन आफैले सिरियामा कुनै सैन्य कारवाही नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

रुसी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले यदि संयुक्त राष्ट्र संघको चार्टरको उल्लंघन भएमा त्यसले विश्वमा भयावह अवस्था सिर्जित हुन सक्ने बताउनुभएको छ ।’

साथै रुसी राष्ट्रपति कार्यालयले यही विषयमा रुसी राष्ट्रपति पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच टेलिफोन वार्ता भएको बताएको छ । दुवैले सिरियामा भएको आक्रमपछि सिरियाको राजनीतिक संकट समाधानका लागि भैरहेको प्रयासमा नोक्सान भएको बताएका छन् ।

सिरियाको दमास्कस र होम्समा भएको सैन्य कारवाहीपछि अमेरिकाले राष्ट्रपति बशर अल असदमाथि दबाब बनाउने प्रयास गरिरहेको छ ।

आइतबार संयु क्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरियाली सरकारसँग सम्बन्ध कायम भएका रुसी कम्पनीलाई आर्थिक प्रतिबन्ध लगाउने बताएका थिए ।

प्रतिबन्धका लागि रुस तयार
सिरियामा भएको आक्रमणपछि संयुक्त राष्ट्र संघमा निन्दा प्रस्ताव पास गर्न असमर्थ रहेको रुसले अमेरिकाको आक्रमणलाई निरन्तर विरोध गर्दै आएको छ ।

सीबीएस टेलिभिजनलाई अन्तर्वार्ता दिँदै निकी हेलीले सोमबार सिरियाको कथित रासायनिक आक्रमणलाई सघाइरहेका सिरियाली कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएका छन् । साथै रुसी संसदको माथिल्लो सदनको रक्षा समितिका उपनिर्देशक एवगेनी सेरेब्रेनिकोवले रुस जस्तोसुकै प्रतिबन्धका लागि तयार भएको बताएका छन् ।

सरकारी समाचार संस्था आरआईएले सेरेब्रेनिकोवलाई उद्धृत गर्दै भनेको छ, ‘प्रतिबन्धले हामीलाई कठिन अवस्थामा पक्कै धकेल्छ, तर हामीलाई भन्दा यसले अमेरिका र यूरोपलाई बढी क्षति पुग्नेछ ।’

अप्रिल ७ मा डुमा भएको भनिएको रासायनिक आक्रमणपछि शनिबार अमेरिका, फ्रान्स र ब्रिटेनले साझा सैन्य कारवाही गर्दै सिरियाका विभिन्न ठाउँमा एक सयभन्दा बढी मिसाइल आक्रमण गरेको थियो । अमेरिकाले आक्रमण गरेका ती ठाउँहरुमा सिरियाली सरकारले रासायनिक हतियार बनाउँदै आएको आरोप लगाउँदै आएको छ ।

नयाँ शीत युद्ध

अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले सिरियामा पश्चिमा राष्ट्रको आक्रमणपछि रुस र अमेरिकाको सम्बन्ध अब अन्तर्राष्ट्रिय सम्बन्धको स्तरमा कायम हुने बताएका छन् ।

पछिल्लो हप्तादेखि संयुक्त राष्ट्र सुरक्षा परिषद सिरियाका समर्थक तथा आलोचक देशका अखडा बनेको छ । शुक्रबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले सिरियाको लडाईँ विश्व सुरक्षा तथा शान्तिका लागि चुनौतीपूर्ण भएको बताएका छन् । महासचिव गुट्रेसले बढ्दो शीत युद्धका कारण दशकौँ पहिले देखिएको समाधानको विकल्प पनि अब नरहेको बताएका छन्

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up