दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्स आज मैदानमा उत्रिने

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजेपछि मुम्बइको वाङखडे रंगशालामा सुरु हुनेछ ।

दुवै टीम आज पहिलो जितको खोजीमा हुँदा मुम्बइलाई घरेलु मैदान र हजारौँ दर्शकको साथ हुनेछ । यसअघिका दुवै खेल हारेका भए पनि रन औसतमा दिल्ली अंक तालिकाको पुछारमा र मुम्बई पुछारबाट दोस्रो स्थानमा छ।

घाइते भएर यसअघिको खेल खेल्न नसकेका अलराउण्डर हार्दिक पाण्ड्या आज पनि खेल्न सक्ने÷नसक्ने टुंगो छैन । उनले शुक्रबारको अभ्यास खेलमा २० मिनेट मात्र अभ्यास गर्न सकेका थिए । यी दुर्य टोलि अङ्क तालिकाको पुछारका दुई टीम हुन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up