च्याम्पियन्स लिगः रियलको प्रतिद्वन्द्वी बायर्न, लिभरपुल र रोमा भिड्ने

काठमाडौँः युरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल भिडन्तमा स्पेनिस महारथि तथा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र जर्मन हस्ती बायर्न म्युनिख भिड्ने भएका छन् ।

शुक्रबार साँझ भएको ड्र अनुसार रियलले बलियो प्रतिस्पर्धी बायर्नलाई प्रतिस्पर्धीकारुपमा पाएको हो । यी दुई बीचको सेमिफाइनलको पहिलो लेगको भिडन्त आगामी मे २ मा हुनेछ ।

रियल इटालियन क्लब युभेन्ट्सलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने बायर्नले स्पेनिस क्लब सेभिल्लालाई पाखा लगाएको थियो ।

त्यसैगरी इङ्लिस क्लब लिभरपुलले इटालियन क्लब रोमासँग सेमिफाइनल भिडन्त गर्नुपर्ने भएको छ ।

इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै सेमिमा पुगेको लिभरपुल र स्पेनिस जायन्ट बार्सिलोनालाई हराउँदै सेमिमा पुग्न सफल भएको हो ।

यी दुईबीचको सेमिफाइनलको पहिलो लेगको भिडन्त आगामी मे ३ मा हुने तय भएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up