सरकार यिनलाई रेल होइन पहिला एउटा पक्की पुल बनाईदेउ

काठमाडौं – पहिलोपटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओलीले नेपालमा रेल चलाउने भन्दा धेरैले ठट्टामा उडाए ।
तर, ओली अहिले प्रधानमन्त्री भएपछि रेल चलाउने कुरा भाषणमा होइन, योजनामै समेटिन थालेको छ । अहिले त नेपाल आफैंले मात्र होइन छिमेकी देश भारत र चीनले समेत रेलमार्ग बनाउने भनेपछि धेरैलाई आफ्नै पालामा रेल चढ्न पाइएला त भन्ने कौतुहल बढेको छ ।

उत्तरको रेल काठमाडौंमा ल्याउने सम्झौता भएको २ वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ । सम्झौता कार्यान्वयन हुने हो भने काठमाडौं दुई देशको रेलमार्गबाट जोडिने छ नै, अरु ठाउँमा पनि रेल कुद्नेछ ।

रेलमार्ग विस्तारमा दुई छिमेकीको प्रतिस्पर्धा

नेपालमा रेलमार्ग विस्तार गर्न दुई छिमेकीबिच प्रतिस्पर्धा नै देखिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा शनिवार रेललाइन विस्तारका विषयमा चारबुँदे सम्झौता भएको छ । भारतले रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग जोड्न सहमत भएको छ ।

नेपाल भारत सीमा क्षेत्र रक्सौलसम्म अहिले पनि रेल चलिरहेको छ । रक्सौलदेखि वीरगंज हुँदै काठमाडौं विद्युतीय रेलमार्ग भारतको लगानीमा बनाउने भनिएको छ । त्यसका लागि एक वर्षभित्र नेपाल सरकारको सहयोगमा सर्भेक्षण सुरु गर्ने सहमति भएको हो ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्याय नेपाल र भारत सरकारबीच भएको यो सहमति निकै सकारात्मक रहेको बताउनुहुन्छ । उहाँले वीरगंज काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो । तर विगतमा भारतसँग भएका विभिन्न आयोजना अझै अलमलमै रहेकाले विद्युतीय रेल विस्तार पनि कार्यान्वयन हुनेमा विश्वास गर्न नसकिने विज्ञहरुको बुझाई छ ।

त्यस्तै चीनले पनि केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल जोड्नेगरी योजना अगाडि सारेको छ । यसअघि २०७२ चैतमा भएको ओलीको चीन भ्रमणमा केरुङबाट रसुवागढी हुँदै काठमाडौं रेलमार्ग विस्तार गर्ने सम्झौता भएको थियो । यो रेलमार्ग काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने चीनको योजना छ ।

नेपालमा रेलमार्ग कहाँदेखि कहाँसम्म ?

रक्सौलदेखि वीरगञ्ज हुँदै काठमाडौंकेरुङबाट रसुवागढी हुँदै काठमाडौंकाठमाडौं, पोखरा हुँदै लुम्बिनीभारतसँग नाका जोडिएका मुख्य शहर पूर्व–पश्चिम रेलमार्ग
रक्सौलदेखि वीरगंज हुँदै काठमाडौं रेल कुद्न झण्डै ६ बर्ष लाग्ने अनुमान रेल विभागको छ ।

संम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयारका लागि १ बर्ष लाग्ने रेल विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पूर्वतयारीमा १ बर्ष र निर्माण काम धमाधम हुने हो भने ५ वर्ष गरी ६ वर्षमा रक्सौलबाट काठमाडौं रेल आउने वातावरण बन्नेछ ।

भारतले जयनगर, जनकपुर, कुर्था रेलमार्ग बनाइरहेको छ । जयनगरदेखि जनकपुरसम्मको झण्डै ३५ किलोमिटरसम्मको खण्डमा आउँदो कात्तिकसम्म रेलमार्ग निर्माणको काम सकिने र माघसम्म सञ्चालनमै ल्याउने योजना रहेको विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो । यस्तै, भारतको जल्पाइगुडीबाट काँकडभिट्टा, जोगबनी विराटनगर, नौतनहवाबाट भैरहवा र भारतको रुपेडियाबाट नेपालगञ्ज पनि रेलमार्गले जोडिनेछन् ।

अर्को पूर्वपश्चिम ९ सय ४५ किलोमिटर लामो रेलमार्ग बन्नेछ । जुन मेचीबाट महाकालीसम्म नै जोडिनेछ । रेलमार्ग विस्तारमा भारत र चीनबीच भएका पछिल्ला यी महत्वपूर्ण सम्झौता बाहेक पनि नेपालमा अरु रेलमार्गसँगै मोनो र मेट्रोरेल सञ्चालनको योजना अगाडि बढेको छ ।

मोनो र मेट्रो रेल

नो र मेट्रो रेलकाठमाडौंमा पाँच वर्षभित्रै मोनोरेल कुदाउने गरी लगानी बोर्डले काम अगाडि बढाएको छ । मलेसियन कम्पनीसँगको सहकार्यमा काठमाडौं मोनोरेल प्रालिले विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउँदैछ । कलंकीदेखि कोटेश्वर, चावहिल, महाराजगंज हुँदै पुनः कलंकी जोड्ने सडकमै मोनोरेल सञ्चालन गर्ने तयारी छ ।
यस्तै काठमाडौं महानगरपालिकाले तीन वर्षमै मेट्रोरेल सञ्चालन गर्ने लक्ष्य सहित काम थालेको छ । मेट्रो रेलबारे विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा सम्झौता गरिने र त्यसैको आधारमा अबको तीन वर्षमा मेट्रोरेल चलाउने गरी काम थालिएको महानगरपालिकाले जनाएको छ ।

रेलमार्ग बनाउनेदेखि रेल कुदाउनेसम्मका काम त्यति सहज भने छैन । रेल विकासमा लगानी, दक्ष जनशक्ति जस्ता विषयमा अझैपनि नेपाल विदेशीकै भर पर्नुपर्छ । यतिहुँदा हुँदै पनि तीव्र गतिमा काम अगाडि बढाउने र आवश्यक सामाग्रीको अभाव हुन नदिने हो भने असम्भव भने देखिँदैन ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up