नेपाल सरकारलाई तिर्नुपर्ने ४२ अर्ब कर नतिरेको भन्दै एनसेल माथि विप्लपको ‘बम’

रामेछाप । एनसेलले नेपाल सरकरलाई तिर्नुपर्ने कर ४२ अर्ब रुपैयाँ लामो समय वितिसक्दा पनि नबुझाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरु लामो समयदेखि एनसेल बिरुद्ध जाइलागी रहेका छन् ।

यसैबिच रामेछापका दुईवटा टावरमा क्षति पुर्याएपछि एनसेल सेवा वन्द भएको छ । एनसेलको सेवा वन्द भएसँगै रामेछापमा एनसेल सेवा लिइरहेका सर्वसाधारणहरु मारमा परेका छन् ।

रामेछापलगायत देशभरका ५ सय भन्दा बढी एनसेल टावरमा क्षति पुर्याइएको र यो क्रम जारी रहको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी जन परिषद रामेछापका प्रमुख विवेक लामाले चेतावनी पूर्ण भाषामा एनसेललाई धम्की दिएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up