को हुन् यी युवती जसको भिडियो संसार भर भाइरल बन्यो !

काठमाडौं। गएको आइतबार र सोमबार इन्टरनेटको भित्ता भरि चर्चित रहिन एक युवती – प्रिया प्रकाश भारियर। रिलिज हुन बाँकीनै रहेको मलायलम चलचित्र “ओरु अदार लव” को एउटा गीत जहाँ उनले उनको सहपाठी लाइ आँखा झिम्कएको भिडियोको एउटा क्लिप इन्टरनेट भरि भाइरलबन्यो। त्यसपछि भिड लाग्यो कमेन्ट मा उनको नाम सोध्ने हरुको । शनिबार सम्म हजारको हाराहारीमा रहेको उनको इन्स्टाग्राम फलोवरको संख्या हामीले यस लेख तयार पार्दा सम्म १६ लाख भन्दा बढी नाघिसकेको थियो।

को हुन् प्रिया प्रकाश भारियर ?

भारतको त्रिसुर कलेज मा अध्यनरत यी १८ बर्षीय छात्रा मोड्लिंग र गायनमा पनि सक्रिय छिन्। रोचक त के छ भन्दा,उनि अभिनित भिडियो यसरि भाइरल बनेको पहिलो पटक भने होइन। उनि अभिनित बलिवुडको “चन्ना मिरिया” बोलको गीत पनि इन्टरनेटमा धेरैले रुचाएको भिडियो बनेको थियो। त्यसैगरि उनि शास्त्रीय नाँचको प्रसिक्षिका पनि हुन्। भाइरल भएको भिडियोमा अभिनित युवकको नाम भने रोशन अब्दुल रौफ़ हो।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up