सन्दिप लामिछाने आजको म्यान अफ दी म्याच घोषित (भिडियो सहित)

नयाँबाटो, नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको नेपालका लागि सन्दिप लामिछाने म्यान अफ दी म्याच भएका छन्।

लामिछनेले केन्याबिरूद्ध ५ विकेट लिएका छन्। १० ओभर बलिङ गरिसकेका लामिछानेले ५ मेडन राख्दै २० रन खर्चिएर ५ विकेट लिएका हुन्।

१० ओभर बलिङ गरेका उनले ५० डट बल फालेका थिए। २ वटा मात्र चौका दिएका उनले २ रन मात्र कुदेर ल्याउन दिए।

सन्दीपले लिस्ट ‘ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका हुन्। यसअघि उनको लिस्ट ‘ए’ करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यही प्रतियोगिताको पहिलो खेलमा नामिबियाविरुद्ध गरेका थिए। यो प्रदर्शन लिस्ट ‘ए’को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up