सुमन खरेलले आफ्नै पिता वरिष्ठ गीतकार किरण खरेलसँग लिएका मनछुने दुर्लभ अन्तर्वार्ता

नयाँबाटो, वरिष्ठ गितकार किरण खरेलले आजभन्दा साठी बर्ष अघि पहिलोपटक गीत लेखेका थिए।उनले सातसय भन्दा धेरै गीत लेखिसकेका छन्। ५२ बर्षअघि ‘माइतीघर’ चलचित्रका लागी ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ बोलको गीत लेखेका हुन्।

खरेलले नेपाली चलचित्रका लागी मात्रै सय भन्दा धेरै गीत लेखेका छन्।

चार पुस्ताले खरेलको गीत गुन्गुनाइसके,हुम्ला-जुम्लाका विधालयदेखी युरोप-अमेरिका सम्म उनका गीतमा असंख्य पाउहरु नाचिसके।नेपाली फिल्मी र आधुनिक गीतका पिता भनेर समेत खरेललाई चिनिन्छ।

यहि २७ गतेबाट असी बर्षमा लागेका गीतकार खरेल चर्चित संचारकर्मी सुमन खरेलका पिता हुन्। कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम सुमनसँगमा सुमनले सम्भवत: नेपाली इतिहासमै पहिलोपटक आफ्नै पिताको अन्तरवार्ता लिए।

अन्तरवार्ताको क्रममा किरण खरेलले ह्रदयको कोमल ढुकढुकी नै सबैभन्दा मिठो गीत भएको कुरा बताए।आफू प्राकृतिक वातावरणमा साँझपख गाउँ नजिकैको चौरमा खुल्ला आकाशमुनी जन्मिएको र परिवारका महिला सदस्यहरुले आफूलाई धेरै माया गरेर हुर्काएकाले आफ्ना अधिकाँश गीतमा प्रकृति र नारीले ठूलो स्थान ओगटेको खरेलले बताए।

हेर्नुहोस् सुमन खरेलले आफ्नै पिता किरण खरेलसँग लिएको अन्तरवार्ता

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up