केन्या र नेपाल बिच नामिबियामा जारी क्रिकेट लाईभ यहाँबाट हेर्नुहोस

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याले नेपाललाई १७८ रनको चुनाैती दिएको छ।

सुरुमा ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको छ।

नामिबियामा जारी खेलमा नेपाली बलर सन्दिप लामिछाने चम्किएका छन्। उनी एक्लैले केन्याको ५ विकेट लिएका छन्।

सन्दीपले केन्याका एनएन ओधिम्बालाई पबेलियन फर्काउदै व्यतिगत ५ र समग्रमा आठौं विकेट लिए। यसअघि सन्दीपले आर एन पटेललाई शून्य रनमा आउट गरेका छन् भने नेपालका लागि चौथो विकेट लिने क्रममा सन्दीपले आरआर पटेललाई १ रनमा पवेलियन फर्काए।

सन्दीपले ३३ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका हुन्।

वसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिएका थिए। उनले आइए करिमलाई ४२ रनमा आउट गरेका हुन्।

नेपालका लागि पहिलो र दोस्रो विकेट सन्दीप लामिछानले लिएका थिए। उनले डीएम गोन्डारियलाई ४ रनमा आउट गरेका छन्। उनले १८ ओभरको चौथो बलमा गोन्डारियालाई आउट गरेका हुन्। नेपालका लागि पहिलो विकेट पनि सन्दीपले नै दिलाएका थिए।

पहिलो विकेट लिने क्रममा लामिछानेले केन्याका एए ओवान्डालाई ४१ रनमा आउट गरे। सन्दीपले १७ ओभरको अन्तिम बलमा ओवान्डालाई बोल्ड गरेका हुन्।

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

नेपालका बलरहरुमाथि केन्याका ब्याट्सम्यान हावी भएका बेला सन्दीपले लगातार २ विकेट लिएका थिए।

यसबाहेक नेपाली बलर वसन्त रेग्मीले १ विकेट लिए। शरद भेषावकरले केन्याको सातौं विकेट लिएका थिए। शरदले केन्याका गुरुदिप सिंहलाई आउट गरेका हुन्। गुरुदिप ३ बलमा २ रन बनाएर आउट भएका हुन्।

त्यसअघि सोमपाल कामीले केन्याका को ‌‌ओवियालाई पवेलियन पठाएका हुन्। ओवियाले केन्याका लागि ६१ बलमा २७ रन बनाएका थिए।

केन्याले दिएको चुनौती पार गर्न अब नेपाली ब्याट्सम्यानको प्रदर्शनमा सुधार आउन जरुरी छ। पछिल्ला खेलमा नेपालको सफलतामा ब्याट्सम्यानहरुको उल्लेख्य योगदान नभएकोले जारी खेलमा नेपाली खेलाडीले ब्याटिङमा सुधार्न आवश्यक छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up