सन्दीप एक्लैले लिए पाँच विकेट

काठमाडौं, माघ २९ –आईसीसी डिभिजन टू क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेयता उनले सबैभन्दा राम्रो बलिङ गरेका हुन् ।

नामिवियाको ओण्डरर्स क्लब मैदानमा सोमबार भएको खेलमा सन्दिपले १० ओभर बलिङ गरेर ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए ।

आईपीएल टोली दिल्ली डेयरडेभिल्सका यी १७ वर्षे युवा स्टारले केन्याबिरुद्ध आज जादू नै देखाए । ६५ रन हुँदा कुनै विकेट नगुमाएको केन्या विरुद्ध सन्दिपले आफ्नो बलिङले विपक्षी ब्याट्सम्यानलाई कायल पारे ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि उनले नामिवियाविरुद्ध ४ विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा ओमानबिरुद्ध २ तथा आइतबार भएको तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । जारी प्रतियोगिताको चार खेलमा सन्दिपले १४ विकेट लिएका छन् ।

डिभिजन टूमा एकै प्रतियोगितामा धेरै विकेट लिने बलरमा सन्दिप अगाडि आएका छन । २०१५ को डिभिजन २ मा सोमपाल कामीले नेपालका तर्फबाट ११ विकेट लिएका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up