पेसागत रुपमा बन्दै जोगि! लहडबाजीमा बलियाबाङ्गा तथा उरन्ठेउला जोगीहरु

काठमाडौं । जीवनदर्शन बुझेर लोभलालच एवं सांसारिक मोह त्यागी अध्यात्मिक बाटोमा लाग्नेलाई जोगी भन्ने चलन छ ।

अचेल भने जीवनदर्शन बुझेर वा वैराग्यले होइन कि लहडबाजीले पनि जोगी बन्ने चलन बढेको छ ।

जोगी समेत पेसाका रुपमा विकसित हुन थालेको पाइन्छ । शिवरात्रिमा पशुपति क्षेत्रमा देखिने बलियाबांगा र उरन्ठेउला जोगीको उपस्थितिले त्यसैलाई पुष्टि गर्छ ।

शिवरात्रिका लागि पशुपति क्षेत्रमा भारतको इलाहवादबाट किशोर र तन्नेरी जोगीको समूहसमेत आएको छ । गेरु वस्त्रधारी उनीहरु भिक्षा माग्न हातमा बोकेका भाँडा अघि सार्छन् । दशनामी समूदायका ती जोगी स्कुल पढ्दैछन् ।

शिवरात्रिका बेला पशुपतिनाथ आउँदा पैसा कमाउन पाइन्छ भन्ने सुनेपछि १५/१६ जनाको समूह बनाएर नेपाल आएको बताउँछन्, १५ बर्षीय सन्नी गिरी । -यो खबर आजको नागरिक(काष्ठमण्डप)मा छ

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up