दर्शक माझ पुगे अनमोल, हलमा थामीनसक्नु भिड हेर्नुहोस भिडियोमा

नयाँबाटो, सुपरस्टार अनमोल केसीको चलचित्र ‘कृ’ हिजो अर्थात् फागुन २६ गते शुक्रबार नेपालका १ सय भन्दा बढी हलहरुबाट रिलिज भएको छ । करिब २ वर्षको समय लगाएर निर्माण गरिएको यस चलचित्रमा अनमोल र नायिका अदिति बुढाथोकीको मुख्य भूमिका रहेको छ ।

भुवन केसीको निर्माण रहेको यस चलचित्रले पहिलो दिनमा उच्च अकुपेन्सी कायम गरेको हलवाला बताउँछन् । पहिलो झण्डै ६५ प्रतिशत अकुपेन्सी कायम गरेको यो चलचित्र शनिबार भने देशका हरेक हल हाउसफुल भएको छ ।

२ वर्ष पछि पर्दादामा देखिएका अनमोललाई दर्शकहरुले उनको लुक्स र एक्सनको प्रशंसा गरेका छन् । साथै अदीति र भिलेनका रुपमा प्रस्तुत भएका अनुप विक्रम शाहीको अभिनयलाई पनि दर्शकहरुले तारिफ गरेको पाइएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up