रविले पक्रिए भुतलाई, सम्पूर्ण नाटकको पर्दाफास, को हो त्यो भुत बनेर तर्साउने ? (भिडियो सहित)

केही दिन अघि राजधानीमा भएको सामुहिक बलत्कारलाई लुकाउन, तोडमोड गर्न र पैसा फ्याँकेर शान्त गराउन खोजिएको समाचारले व्यापकता पाएको छ ।

एउटी नारीको अस्मितालाई पैसामा मोल्ने, सौदाबाजी गर्ने, मिलापत्र गर्ने, ढाकछोप गर्ने मानिसहरु समाजका कलंक हुन् ।

यो घृणित सत्य र पिडादायी यथार्थबाट चोखिनका लागि यो घटनाका मतियारहरुले १ लाख पटक अमृतकुण्डमा नुहाएपनि शुद्ध हुन सक्दैन ।

जति जुनी जन्मेपनि पापको यो भारी बिसाउन सकिन्न कंलकको टिका मेटाउन सक्ने छैनन् । घटनाको विवरण आउने क्रममा बलत्कारमा संलग्न दोषीहरु विरुद्ध उठेका आवाज मात्र होइनन्, घटनालाई दबाउन मोलमलाई गर्ने सौदावाजहरुको विरुद्ध झन् ठुला आवाज उठाउन जरुरी छ ।

नाटकीय ढंगले पिडित युवतीको बयान फेरीयो । पिडित युवतीको चरित्रमा उल्टै प्रश्न खडा गर्न खोजियो । पैसावाला यौन पिपासुहरुको हिम्मत यति सम्म भयो कि बलात्कृत युवतीलाई सेक्सुवली एक्टिभ भएको रिपोर्ट समेत दिइयो ।

यसरी रचिएको थियो भूतको नाटक रविले पक्रिए भुतलाई, को हो त्यो भुत बनेर तर्साउने ? सम्पूर्ण कुराको पर्दाफास हेर्नुहोस भिडियो र सबैले सेयर गर्नुहोस !


राजी खुशीमा ३ जनासँग सम्पर्क गरेको रिपोर्ट समेत प्रस्तुत भयो । हे पैसा तँ कति तागतीलो यो समाजमा ? हे पैसा तँ जो सँग छस् यो देशमा नियम, कानुन, प्रहरी, प्रसाशन, त्यसैको खल्ती भित्र पुग्ने रहेछ है ?

खबर त यस्तो आएको छ कि पैसामा कुरा मिलेपछि स्वय जन्म दिने आमाले पनि बोलीनन् रे । मलाई विश्वास छैन । नौ महिना कोखमा राखे र दश धारा दुध पिलाएर, दश नंग्रा खियाएर कयौं रात जाग्राम बसेर, जीन्दगीसँग सिँघौरी खेलेर, मुटुमा टाँसेको छोरीको बलत्कारको घटना गुपचुप राख्न आफ्नै आमाले मञ्जुरीनामा दिन सक्छिन ?

मातृत्व यति कंलकित हुनै सक्दैन । यदि कथंकदाचित भै हाल्यो भने पनि त्यो कुनै प्रकारको दबाब विना संभव छैन ।
छोरीको बलत्कारको घटनामा पैसा बुझेर चुप लाग्ने आमा छिन् भनेर पत्याउने दिन कहिल्यै नआओस् । कुनै दबाबमा परेकी भए विन्ती गर्छु, हे आमा पैसाको त्यो बिटो अपराधीको मुखमा फालिदेउ त्यो पनि हप्ता दिनको व्याज सहित ।

आमा छोरीले यो निर्णय गरेको दिन बलत्कारीहरुको पराजय हुनेछ । कसले के भन्दा भनि डराएर लोकलाजले वा अन्य कुनै पनि कारणले आज चुप हुनु भो भने कुनै दिन पैसाको बिटो बोकेर बलत्कारीकाहरु खुल्ला सडकमा निस्कन्छन् ।

एक पटक लाजिम्पाट, पानीपोखरीमा रहेको हाम्रो कार्यालयमा तपाईलाई भेट्न मन छ, यर्थाथ जान्न मन छ र संलग्न बलत्कारीहरुलाई छाती ठोकेर टेलिभिजनमा देखाइदिन मन छ । ताकी नारी अस्मीता र नारीको इज्जतमा हात हाल्ने र पैसा फ्याकेर मिलापत्र गर्नेहरु यो धर्तीमा कहिल्यै नजन्मुन् ।

छोरीलाई लिएर तपाई हाम्रो कार्याल्य आउने दिन कुरेर बस्ने छौँ । हत्यारा, बलत्कारी, भष्ट्रचारी, केटी बेच्ने दलालहरु खुल्ला रुपमा हिडेको सुहाएन ।

रविले पक्रिए भुतलाई, सम्पूर्ण नाटकको पर्दाफास, को हो त्यो भुत बनेर तर्साउने ? हेर्नुहोस भिडियोमा:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up