पत्रकारको यस्तो प्रश्नले बोल्दाबोल्दै रोईन नायिका स्वेता खड्का, हेर्नुहोस भिडियोमा

काठमाडौं, १० माघ। नायिका श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’को ट्रेलर हिजो सार्वजनिक गरिएको छ ।

काठमाडौंको दरबारमार्गस्थित क्युज सिनेमामा मंगलबार आयोजित कार्यक्रममा कान्छीको ट्रेलर सार्वजनिक गरिएको हो ।

आफ्नो निर्माण तथा अभिनय रहेको कान्छीको ट्रेलर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नायिका श्वेताले कान्छी आफ्नो स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठलाई समर्पित गरेको बताइन् । पति श्रीकृष्णलाई कान्छी समर्पित गरेको बताइरहँदा श्वेताको आँखाबाट आशु बगेको थियो । सोही क्रममा श्वेतासँगै उनकी आमा पनि भावुक भएकी थिइन् ।

आकाश अधिकारीको निर्देशन रहेको कान्छीमा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा, प्रज्जवल सुजल गिरीलगायतको अभिनय रहेको छ । आउँदो फागुन ४ गते कान्छीको रिलिज मिति तोकिएको छ । सो चलचित्रमा संगीत अर्जुन पोखरेलको, कोरियोग्रफी बसन्त श्रेष्ठको र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

भिडियो:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up