सधैँ अरुलाई हसाउँने ‘वाऊ नेपाल’ की सोनीका बेस्सरी रुँदै गरिन यस्तो अनुरोध, भिडियो सहित

नयाँबाटो, वाउ नेपाल युट्युब चयानलकी सञ्चालिका सोनिका रोकायबारे केही दिनयता विभिन्न अनलाईनहरुमा गलत समाचार सम्प्रेषण भईरहेका छन । आफुले बोल्दै नबोलेको विषयमा गलत र भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाईनहरुप्रति सोनिकाले आपत्ति जनाएकी छिन । केही दिन अघि फर्सी नेटवर्क नामक युट्युब च्यानलमा सोनिकाले दिएको अन्तरवार्तालाई तोडमोड गरि सयौ अनलाईनले न्युजहरु पोस्ट गरेका छन ।

सोनिकाले उक्त अन्तरवार्तामा ‘एकजना चलचित्र पत्रकारले आफुलाई नराम्रो प्रस्ताव गरेको तर उस्को बेईज्जत गर्न नचाहेकोले त्यस विषयमा बोल्न चाहदिन भनेकी थिईन ।’ जहाँ कुनैपनि कोणबाट सोनिकाले रविलाई ईंगित गरेकै छैनन । बरु उनले अन्तरवार्तामामै नै बोलेको छिन कि ‘म आफ्नो स्टाईलले कार्यक्रम प्रस्तुत गरिरहेको छु,कसैले चाहदैमा म रवि लामीछाने बन्न नि सक्दिन । र म केवल ईन्टरटेनर युट्युबर हो,पत्रकारको रुपमा नलिदिनहुन अनुरोध गर्छु ।’

आफ्नो समाचार बिकाउन गलत र भ्रामक शिर्षक दिएर समाचार सम्प्रेषण गर्ने अनलाईनहरुले समाचार नहटाए प्रमाणसहित ति अनलाईनलाई कानुनी उपचार गर्ने समेत बताएकी छिन । सोनिकाले नेपालपथसंगको फोनसम्पर्कमा भनिन ‘रवि लामीछानेलाई म सदैव सम्मान गर्छु, उहाँलाई मैले कदापि नराम्रो भन्नै सक्दिन । मेरो बारे भ्रामक समाचार दिएर अनलाईनहरुले झन ठुलो अपराध गरेका छन,मेरो चरित्र हत्या र मानहानी गरेका छन । तुरुन्त सत्यतथ्य कुरा लेखेर अगाडीको गलत शिर्षकसहितका समाचार नसच्याईए आफु चुप लागेर नबस्ने बताईन ।’चर्चित युट्युबर सोनिका पछिल्लो समय काठमाडौ सरसफाई अभियान,विभिन्न सामाजिक कार्य तथा महोत्सवमा व्यस्त भएका बेला यस्ता समाचार आएका हुन ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up