दुबईमा ३४ नेपालि अलपत्रबारेको समाचार झुठो हो !

खण्डन:
२२ जनवरीमा नयाँबाटोले एउटा सममाचार पोष्ट गर्यो दुबईमा ३४ जना नेपालि अलपत्र, भन्छन -‘पाकिस्तानीले दिएको रोटी खाएर बाँचेका छौँ’ भन्ने शिर्षकमा !  त्यो समाचार हामीलाई दुबई बाट कृष्णकुमार श्रेष्ठले बारम्बार आफुँहरु समस्यामा परेको र उद्दार गर्नको लागी समाचार बनाई दिन अनुरोध गर्दै केहि फोटो र डकुमेन्टहरु पनि पठाए र हामीले उनको भानाई मुताबिक समाचार बनाई नयाँबाटोले पोष्ट गर्यो !

उक्त समाचार प्रकाशित पछि उनीसंगै काम गर्ने अरु साथिहरुले यो समाचार झुठो भएको र कृष्णकुमार श्रेष्ठले कुन नियतका साथ यस्तो नभएको गलतकुरा मिडियामा दिए आफुँहरु अनविज्ञ रहेको र उक्त फोटो जुन कृष्णले पठाएका छन् त्यो रुमका साथीहरु कोठा सर्दाखेरी खिचिएको र त्यसै फोटोको गलत प्रयोग गरेको हुँदा उक्त समाचार हटाइएको छ ! हामि क्षमा चाहन्छौँ !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up