मलेसियामा अवैध तरिकाले काम गर्दै आउनुभएका नेपालीहरुका लागि जरुरी सुचना

माघ ०८, क्वालालम्पुर । मलेसियामा अवैध रुपमा बसोवास गरिरहेका नेपाली कामदारलाई साढे पाँच महिनाको अन्तिम अवसर दिइएको छ । पटक पटक सूचना जारी गर्दा पनि स्वदेश फीर्ता नभएपछि नेपाली राजदूतावसले अन्तिम मौका दिएको जनाएको छ । यहाँ अवैध रुपमा बसोबास गर्दै आएकालाई घरफिर्तीको समय थप गरेपछि वैधानीकता पाउँने अवसर कामदारलाई मिलेको हो ।

अवैध कामदारलाई ३१ डिसेम्बरसम्म घर फर्कनुपर्ने वा वैध हुनुपर्ने विकल्प दिइएकोमा यो अवधि बढाइएको हो। अब जुन ३० तारिखसम्म यो अवधि राखिएको छ। अर्थात साढे ५ महिनाको अवधि थपिएपछि अवैधानिक कामदारलाई राहत मिलेको छ।

 

मलेसियामा नेपाली नागरिक पनि धेरै अवैधानिक रुपमा बसोबास गर्दै आएको अनुमान छ। नेपाल फर्कन चाहने नेपाली कामदारलाई ८ कम्पनीमा सम्पर्क राख्न क्वालालम्पुरस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

बुक्ती मेगाह, फरफासे रिसोर्स, इन्टरनेसनल मार्केटिङ एण्ड नेट, केरिकोम, पिएमएफ कन्सोर्टियम, पेरुन्डिङ जोन, प्रोफाउन्ड रेडियन्स र बुक्ती मालिगाइ कम्पनीमा अवैधानिक नेपालीले सम्पर्क राख्न दूतावासले आग्रह गरेको हो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up