​थाहा पाइराख्नुहोस अबदेखि जुन सुकै बैंकबाट पनि आफ्नो खातामा रकम जम्मा गर्न सकिने

काठमाडौं, माघ ७ – अबदेखि जुनसुकै बैंकबाट पनि आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घोषणा गरेको यो सुविधा कार्यान्वयनमा ल्याउन आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

अर्को बैंकको खातामा रकम जम्मा गर्न आउने ग्राहकसँग बैंकले आवश्यक शुल्क लिने छन् । राष्ट्र बैंकले सेवाग्राहीलाई पूर्व जानकारी गराएर शुल्क लिन बैंकहरुलाई छुट दिएको छ ।

अन्तर बैंक भुक्तानी प्रणालीमार्फत सेवाग्राहीले अर्को बैंकमा गएर आफ्नो खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् । यस व्यवस्थाबाट विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई सजिलो हुने छ ।

अर्को बैंकमा गएर रकम जम्मा गर्न सकिने भए पनि रकम झिक्न भने आफ्नो खाता भएकै बैंक वा त्यो बैंकको शाखामा जानु पर्ने छ । उज्यालो अन्लाईन बाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up