प्रबिधीको फट्को! मृत्यु पत्ता लगाउने प्रविधिको विकास गरिदै अमेरिकी वैज्ञानिक

एजेन्सी ।मानिसको जन्म पछी मृत्यु अवस्य हुन्छ । मृत्युलाइ कति बेला कुन समयमा अगाल्ने भन्ने कसैलाई थाहा हुन्न । अहिले सम्म मृत्युको भविष्यवाणी गर्ने विधि दुनियामा विकास भएको थिएन ।

तर अमेरिकी वैज्ञानिकहरुले भने मृत्युको भविष्यवाणी गर्ने प्रविधिको विकास गरेका छन् । ९० प्रतिशत सम्म सही भविष्यावाणी गर्न सक्ने क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेको दाबी गरेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले कुनैपनि बिरामीको अन्तिम समयलाई पहिले भन्दै धेरै उत्तम बनाउन सकिने शोधकर्ताहरुका अनुसार हो।

शोधकर्ताहरुका अनुसार ८० प्रतिशत अमेरिकीले आफ्नो जिवनको अन्तिम पल परिवारका साथमा घरमै बिताउन चाहन्छन् र घरमै मर्न चाहन्छन् । जबकी ६० प्रतिशत मानिसको मृत्यु अस्पतालमै भैरहेको हुन्छ ।

स्टानफोर्ड विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका विद्यावारिधी शोधार्थी आनन्द अवतीका अनुसार स्टानफोर्ड अस्पताल तथा लुसिल प्याकार्ड बाल अस्पतालबाट झण्डै २० लाख बिरामीको स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरियो ।

जसमा बच्चा तथा पाका मानिसहरु सम्मै सामेल थिए । उक्त डाटाको माध्यमबाट डिप नेचुरल नेटवर्क तयार पारियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up